close

इन्स्टाग्राममा आफूलाई केही समयका लागि लुकाउन चाहनुहुन्छ ? यसो गर्नुहोस् 

टेकपाना टेकपाना

बैशाख १३, २०७९ ८:२४

इन्स्टाग्राममा आफूलाई केही समयका लागि लुकाउन चाहनुहुन्छ ? यसो गर्नुहोस् 

काठमाडौं । इन्स्टाग्राम नेपालमा मात्र होइन, विश्वभर नै लोकप्रिय सामाजिक सञ्जालको रुपमा स्थापित भएको छ । यो प्लेटफर्मकको प्रयोग फोटो, भिडिओ तथा स्टोरी शेयर गर्नका लागि हुने गर्दछ ।

तर इन्स्टाग्राममा फिड तथा रिल्स स्क्रोल गर्दै जाँदा वा च्याट गर्दा तपाईँ हाम्रो थुप्रै समय बर्बाद भइरहेको हुन्छ । यस्तोमा तपाईँ केही समयका लागि इन्स्टाग्रामबाट ब्रेक लिन चाहनुहुन्छ वा आफ्नो इन्स्टाग्रामलाई निश्चित समयका लागि अस्थायी बन्द गर्न चाहनुहुन्छ भने त्यसको सुविधा पनि पाउन सक्नुहुन्छ ।

तर यो सुविधा तपाईँले मोबाइलमा भने पाउन सक्नुहुन्न । यसका लागि तपाईँलाई ल्यापटप वा कम्प्युटरको आवश्यकता पर्दछ ।

इन्स्टाग्राम अकाउन्ट अस्थायी रुपमा बन्द कसरीगर्ने ?

यदि तपाईँ आफ्नो इन्स्टाग्राम अकाउन्ट अस्थायी रुपमा हटाउन वा डिसेबल गर्न चाहनुहुन्छ भने निम्न प्रक्रिया चरणवद्ध रुपमा पच्छ्याउनु पर्ने हुन्छ ।

-आफ्नो ल्यापटप तथा कम्प्युटरमा आफ्नो इन्स्टाग्राम अकाउन्ट खोल्नुहोस् ।

-अब माथि दयाँ तर्फ कुनामा रहेको प्रोफाइल फोटोमा जानुहोस् ।

-त्यसपछि एडिट प्रोफाइल अप्सनमा गएर स्क्रोल गर्नुहोस् ।

-अब त्यहाँ अन्तिममा रहेको ‘टेम्पररी डिसेबल माई अकाउन्ट’ मा थिच्नुहोस् ।

-त्यहाँ तपाईँले केही विकल्प देख्न सक्नुहुनेछ । जसमा तपाईँले कुन कारणले गर्दा आफ्नो अकाउन्ट डिसेबल गर्न चाहनुहुन्छ भन्ने कुराका लागि कुनै एउटा विकल्प छनौट गर्नुपर्ने हुन्छ ।

-त्यसपछि आफ्नो पासवर्ड राख्नुहोस् र टेम्पोररी डिसेबल अकाउन्टमा क्लिक गर्नुहोस् ।

यहाँनिर ख्याल राख्नुपर्ने कुरा के छ भने यसरी टेम्पोररी डिसेबल गर्नुको अर्थ इन्स्टाग्राममा तपाईँको प्रोफाइल, फोटो, कमेन्ट तथा लाइक पुनः एक्टिभ नगर्दा सम्मको अवधिका लागि लुकाउनु हो । आफ्नो इन्स्टाग्राम अकाउन्टमा फेरि फर्किनका लागि आफ्नो कम्प्युटर वा मोबाइलमा रहेको इन्स्टाग्राम एप वा वेबसाइट लगइन गर्न सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२