close

४० प्रतिशतले गर्छन् अनलाइनबाटै मोबाइल रिचार्ज

टेकपाना टेकपाना

बैशाख १३, २०७९ १७:१४

४० प्रतिशतले गर्छन् अनलाइनबाटै मोबाइल रिचार्ज

काठमाडौं । पछिल्लो समय अनलाइन भुक्तानी धरैका लागि सहज बन्दै गएको छ । खल्ती, ईसेवा, नमस्ते पेजस्ता विभिन्न भुक्तानी सेवा प्रदायक कम्पनी तथा मोबाइल बैंकिङको बढ्दो प्रयोगले प्रयोगकर्ता अनलाइनमै निर्भर हुन थालेका छन् ।

विशेषगरी मोबाइल रिचार्ज, विद्युत महसुल भुक्तानी, खानेपानीको महसुल भुक्तानी, हवाई टिकटजस्ता विभिन्न सेवाको भुक्तानीमध्ये ठूलो अंश अनलाइनबाटै हुने थालेको छ, जसलाई तथ्याङ्कले पनि दर्शाउँछ । पछिल्लो तथ्याङ्कले मोबाइल रिचार्जको ठूलो हिस्सा अनलाइनमा रूपान्तरण भएको देखाएको छ ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीका अनुसार कुल रिचार्जको ४० प्रतिशत अनलाइनबाट हुने गरेकाे छ ।

‘विशेषगरी कोभिड-१९ पश्चात ठूलो मात्रामा प्रयोगकर्ता अनलाइनमा निर्भर भएका हुन,’ अधिकारी भन्छन्, ‘कोभिडको समयमा रिचार्ज कार्ड उपलब्ध नहुँदा प्रयोगकर्ता अनलाइन रिचार्जमा रूपान्तरण भएका हुन् । पछिल्लो अवस्थालाई हेर्ने हो भने रिचार्ज कार्ड खरिद र अनलाइन रिचार्जमा ६०–४० को अवस्था देखिएको छ ।’

यसले एकातिर दूरसञ्चार सेवा प्रदायकको रिचार्ज कार्ड छपाउन लाग्ने लागत कम गराएको छ भने, अर्कोतर्फ प्रयोगकर्तालाई मोबाइल रिचार्जका लागि पसलसम्म धाउनुपर्ने बाध्यता अन्त्य हुँदै गएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२