काठमाडौं । सोमबार टेस्लाका मालिक एलन मस्कले ट्वीर खरिद गर्ने निर्णय बाहिरिएसँगै हजारौं बामपन्थी धारका प्रयोगकर्ता ट्वीटरबाट बाहिरिएका छन् । जसको असर क्याटी पेरी, बाराक ओबामाजस्ता ट्वीटरका चर्चित व्यक्तिको फलोअर घटेको छ ।
कम्पनीका अनुसार बामपन्थी धारका प्रयाेगकर्ताकाे फलाेअर घट्दा दक्षिणपन्थी धारका प्रयोगकर्ताको फलोअर निरन्तर रुपमा बढिरहेको छ ।
ट्वीटरमा तेस्रो धेरै फलोअर भएकी पेरीका सोमबार देखि ७ हजार फलोअर घटिसकेका छन् । त्यस्तै ओबामाका ५ हजार फलोअर घटेको उल्लेख छ ।
त्यस्तै ओबामाकी पत्नी मिचेल ओभामाको झन्डै २० हजार फलोहर घटेको जनाइएको छ । त्यस्तै गायिका टाइलर शिफ्टका १० हजार भन्दा बढी फलोअर घटेको जनाइएको छ ।
एकातर्फ बामपन्थी धारका व्यक्तिहरुको फलोअर घट्दा दक्षिणपन्थी धारका व्यक्तिहरुको फलोअर बढेका छन् । यो अवधिमा अमेरिकन राजनीतिज्ञ मार्जोरी टाइलर ग्रिनको फलोअर ६५ हजारको हाराहारीमा बढेका छन् ।
त्यस्तै अर्को राजनीतिज्ञ टेड क्रुजको फलोअर ६२ हजारको हाराहारीमा बढेको जनाइएको छ । कम्पनीका अनुसार यो खालको परिवर्तन अर्ग्यानिक फलोअरले ट्वीटर छाड्दा आएको हो ।