काठमाडौं । गुगलले आफ्नो विज्ञापनका विभिन्न विकल्पहरूमा प्रयोगकर्तालाई नै नियन्त्रण कायम गर्न दिने फिचर उपलब्ध गराउने भएको छ । त्यसका लागि गुगलले विज्ञापन सीमित गर्न मिल्ने स्थानमा नयाँ विज्ञापनका प्रकारहरू थप गरेको छ ।
अर्थात अब गुगल प्रयोग गर्दा आउने विभिन्न विज्ञापनहरूमा डेटिङ, गर्भधारण, अभिभावकत्व र तौल घटाउनेसँग सम्बन्धित कुनै पनि विज्ञापन हेर्ने वा नहेर्ने भनेर प्रयोगकर्ता आफैँले नियन्त्रण गर्न पाउने छन् । युट्युबसँगै यो फिचर गुगलका अन्य उत्पादनहरूमा पनि लागू हुनेछ ।
यो फिचर प्रयोग गर्नको लागि एड सेटिङमा गएर ‘सेन्सेटिभ एड क्याटेगोरी अन युट्युब’ मा क्लिक गर्नु पर्नेछ । त्यसपछि आफूले कम गर्न चाहेको विज्ञापन क्याटगोरीमा ‘सी फ्युअर’ बटनमा क्लिक गर्नुहोस् । त्यसपछि स्क्रिनमा देखिने पपअप बक्सको ‘अलाउ’ अप्सनमा क्लिक गर्नुहोस् ।
यसको अर्थ सो विषयसँग सम्बन्धित विज्ञापनहरू देख्दै नदेखिने भन्ने होइन, तर एकदमै थोरै सङ्ख्यामा देखिने छन् ।