टेकपाना
बैशाख २०, २०७९ १८:६
काठमाडौं । हामी कुनै न कुनै तनावमा बसिरहेका हुन्छौं । तनाव बढ्दै गए समयमा निद्रा नलाग्ने, दिमागमा धेरै कुरा खेल्नेजस्ता समस्या देखापर्छन् ।
यसैबीच अमेरिकी न्यूरो साइन्स कम्पनी एपोलोले मानिसको तनावलाई कम गर्ने ‘स्ट्रेस रिलिफ वेयरेबल डिभाइस’ निर्माण गरेको छ ।
प्रयोगकर्तालाई तनावको समयमा रिल्याक्स प्रदान गर्न, राम्रो निद्रा र अन्य दिमागी अवस्थालाई सन्तुलन बनाउन यो डिभाइसले काम गर्ने जनाइएको छ ।
नाडीमा लगाउने घडी आकारकाे यो डिभाइसले ‘टच थेरापी’ अर्थात् शरीरको छालालाई छोएर गरिने थेरापी पद्धतिलाई अपनाएको छ ।
यो थेरापी पद्धति मानिसको न्यूरो सिस्टमसँग सिधै जोडिने हुँदा यसले प्रयोगकर्ताको तनावलाई कम गर्न निकै मद्दत पुग्ने जनाइएको छ ।
यो डिभाइसको मूल्य ३१५ डलरमाथि पर्ने जनाइएको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२