close

गुगल डक्सबाट सोझै यसरी ड्राफ्ट गर्नुहोस् जीमेल

टेकपाना टेकपाना

बैशाख २६, २०७९ १८:२

गुगल डक्सबाट सोझै यसरी ड्राफ्ट गर्नुहोस् जीमेल

काठमाडौं । हामीले गुगलका धेरै सेवा प्रयोग गरिरहेका हुन्छौं । यसअन्तर्गत गुगल सर्च, जीमेल, क्रोम ब्राउजर, गुगल डक्स, ड्राइभ धेरै प्रयोग हुने सेवामा पर्छन् ।

गुगलका सेवा प्रयोग गर्दा कतिपय एक-अर्कासँग सम्बन्धित छन् । एउटा प्रडक्टबाट अर्को प्रडक्टको काम गर्न सकिने फिचर पनि उपलब्ध छ ।

त्यस्तै फिचरमध्ये जीमेल र गुगल डक्ससँग सम्बन्धित एउटा फिचरको विषयमा यहाँ हामी कुरा गर्दैछौ । हामीमध्ये धेरैलाई गुगल डक्सबाट जीमेलमा ईमेल तयारी पारी ड्राफ्टमा राख्न सकिने सुविधाबारे थाहा नहुनसक्छ ।

आज यहाँ हामी तपाईंहरुलाई सोही फिचरको विषयमा जानकारी दिँदैछौं ।

गुगल डक्सबाट जीमेलमा ड्राफ्ट बनाउने तरिका

-त्यसका लागि सुरुमा गुगल डक्स खोल्नुहोस् र लगईन गर्नुहोस् । लगईन गर्दा कुनै ईमेलमा ड्राफ्ट बनाउने हो, त्यही लगईन गर्दा उपयुक्त हुन्छ ।

-त्यति गरेसँगै अब डकुमेन्ट खोल्नुहोस् र डक्समा कहाँ ईमेल क्रियट गर्ने हो, त्यहाँ क्लिक गर्नुहोस् ।

-अब डक्सको दायाँ साइडको माथि रहेको ‘इन्सर्ट’ मा क्लिक गरी ‘बिल्डिङ ब्लक’ मा क्लिक गरी त्यहाँ रहेको ‘ईमेल ड्राफ्ट’ मा क्लिक गर्नुहोस् ।

-यति गरेसँगै डक्समा तपाईंले ईमेलको टेम्प्लेट देखापर्नेछ ।

-अब त्यहाँ कसलाई ईमेल पठाउने हो, उक्त व्यक्ति तथा संस्थाको ईमेल एड्रेस राख्नुहोस् । यदि तपाईंले उक्त ईमेल अरुलाई पनि पठाउनु छ भने ईमेलमा जस्तै ‘सीसी’ र ‘बीसीसी’ मा ईमेल एड्रेस राख्नुहोस् ।

-अब उक्त ईमेलको ‘सब्जेक्ट’ अर्थात ईमेल केको बारेमा हो, लेख्नुहोस् र क्रसर म्यासेज बक्समा राख्नुहोस् ।

-जब तपाईंले म्यासेज बक्समा आफूलाई आवश्यक पर्ने जानकारी लेख्नुहुन्छ तब उक्त इमेल टेम्प्लेटको दायाँ साइडमा रहेको जीमेलको लोगोमा क्लिक गर्नुहोस् ।

त्यति गरेसँगै तपाईंले डक्समा तयार गर्नुभएको ईमेल ड्राफ्टमा गएर बस्नेछ । अब तपाईंले ईमेलमा गएर ड्राफ्टमा हेर्दा उक्त ईमेल त्यहाँ पाउनुहुन्छ । जसलाई आवश्यकता अनुसार तपाईंले सहजै पठाउन सक्नुहुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२