close

सार्वजनिक बिदाको दिनमा पनि टेलिकमको ग्राहक सेवा केन्द्र सञ्चालन हुने

टेकपाना टेकपाना

बैशाख ३१, २०७९ ८:१९

सार्वजनिक बिदाको दिनमा पनि टेलिकमको ग्राहक सेवा केन्द्र सञ्चालन हुने

काठमाडौं । नेपाल टेलिकमले सार्वजनिक बिदाको दिनमा पनि ग्राहक सेवा सञ्चालन गर्ने भएको छ ।

हालै एक सूचना गर्दै टेलिकमले जेठ १ र २ गते सार्वजनिक बिदाका दिनमा पीएसटीएन, एडीएसएल, एफटीटीएच, जीएसएमको महसुल भुक्तानी, सिम वितरण तथा परिवर्तन सम्बन्धी कार्यका लागि ग्राहक सेवा सञ्चालन हुने जानकारी दिएको हो ।

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्ममा काउन्टर खुल्नेछ ।

यसअन्तर्गत दूरसञ्चार कार्यालय सुन्धारा, नक्सा, चाबहिल, हात्ताीगौंडा, गोङ्गबु, छाउनी, पाटन, ठिमी, बनेपा, हेटौंडा, भरतपुर र टाँडी कार्यालयका काउन्टर खुल्ने जानकारी टेलिबकमले दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२