close

सलमान खान हेर्ने टिकट बेच्दै ग्यापु, मूल्य २५ हजारसम्म

टेकपाना टेकपाना

जेठ ८, २०७९ १३:५८

सलमान खान हेर्ने टिकट बेच्दै ग्यापु, मूल्य २५ हजारसम्म

काठमाडौ । नेपाली ई-कमर्स ग्यापु मार्केटप्लेसले ‘द-बङ टुर रिलोडेड’ को टिकट उपलब्ध गराउने भएको छ ।

दर्शकले ग्यापु डटकमबाट टिकट प्रि-बुक गर्न सक्नेछन् । उक्त कार्यक्रमका लागि कूल ३५ हजार दर्शक सिट तोकिएको छ भने टिकटको मूल्य पाँच हजार, १० हजार, १५ हजार र २५ हजार रहेको छ ।

यस्तै, ग्राहकले टिकट बुकिङ गरेपश्चात अनलाइन र अफलाइन दुवै तरिकाबाट पैसा तिर्नमिल्ने सुविधा ग्यापु मार्केटप्लेसले दिएको छ ।

‘द-बङ टुर रिलोडेड’ आगामी मे २८ तारिखमा काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना हुनेछ ।

सो कार्यक्रममा सलमान खानलगायत भारतीय कलाकारहरूको समूह आउने भएका छन् । साथै नेपाली कलाकारहरूको पनि उपस्थिति रहनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२