close

जीमेलमा आफ्नो नाम कसरी परिवर्तन गर्ने ?

टेकपाना टेकपाना

जेठ ११, २०७९ २१:४८

जीमेलमा आफ्नो नाम कसरी परिवर्तन गर्ने ?

काठमाडौं । तपाईंलाई याद छ आफ्नो जीमेल अकाउन्ट कहिले बनाउनुभएको थियो ? वा तपाईंको जीमेल अकाउन्ट कसले बनाइदिएको थियो कि ?

त्यस समयमा तपाईंले अकाउन्टमा आफ्नो वास्तविक नाम नराखेर अन्य कुनै नाम राख्नुभएको हुनसक्छ । वा त्यसबेला आफ्नो नाम राखेको अकाउन्टलाई अहिले आफ्नो व्यवसायका लागि प्रयोग गर्न खोजिरहनु भएको छ होला ।

त्यसबाहेक पनि जीमेलमा भएको नाम परिवर्तन गर्नुपर्ने कारण धेरै हुनसक्छन् । तपाईंले युट्युब भिडिओमा कुनै कमेन्ट गर्नुभयो भने त्यहाँ तपाईंको नाम र प्रोफाइल देखिएको हुन्छ । जुन तपाईंलाई मन नपरेको हुनसक्छ ।

आफ्नो गोपनीयताका लागि पनि तपाईंलाई जीमेलमा प्रयोग भएको आफ्नो नाम परिवर्तन होस् भन्ने चाहना भएको हुनसक्छ । तपाईंले कसैलाई मेल पठाउनुभयो भने त्यहाँ तपाईंको नाम सबैभन्दा पहिले देखिन्छ ।

यदि अन्य नाम छ भने पाउने मान्छेले मेल अस्वीकार गर्नसक्छ । त्यसैले पनि वास्तविक नाम वा कम्पनीको नाम राख्नुपर्ने हुन्छ । तपाईंको नाम पनि यस्तै विविध कारणले परिवर्तन गर्नुपर्ने हुन सक्छ । आज हामी जीमेलको नाम कसरी परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्दै छौं ।

  • सबैभन्दा पहिले जीमेल एप खोल्नुहोस् ।
  • त्यसपछि सबैभन्दा माथि दायाँपट्टि तपाईंको प्रोफाइल आइकनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि त्यहाँ मेनेज योर गुगल अकाउन्ट (Manage your Google Account) मा ट्याप गर्नुहोस् ।
  • त्यसपछि अर्को पेज खुल्छ । जहाँ गुगल अकाउन्ट मेनेजमेन्टका विभिन्न अप्सनहरू देख्न सकिन्छ । त्यसमध्ये पर्सनल इन्फो (Personal Info) मा ट्याप गर्नुहोस् ।
  • त्यसको तल नेम (Name) भन्ने अप्सनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि त्यहाँ तल तपाईंले आफ्नो नामको छेउमा भएको पेन (Pen) आइकनमा ट्याप गर्नुहोस् ।

त्यसपछि आफूलाई इच्छा लागेको नाम राखेर सेभ गर्न सक्नुहुन्छ ।

नाम परिवर्तन गर्नपूर्व त्यो अकाउन्ट प्रयोजनका लागि प्रयोग गरिएको थियो भन्ने कुरा हेक्का राख्नुपर्छ । यदि सबै कुरा नियाली नाम परिवर्तन गर्नु उपयुक्त हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२