काठमाडौं । असुसले एनभिदियासँगको सहकार्यमा विश्वकै पहिलो ५०० हर्ज रिफ्रेश रेट भएको डिस्प्ले ल्याउने घोषणा गरेको छ । मङ्गलबारबाट सुरु भएको कम्प्युटेक्स २०२२ कार्यक्रममा यो डिस्प्ले ल्याउने घोषणा गरेको हो ।
त्यसो त कम्पनीले सन् २०२२ को सुरुवातमै ५०० हर्ज रिफ्रेश रेट भएको गेमिङ मनिटरको प्रोटाटाइप सार्वजनिक गरेको थियो । त्यसैका आधारका एनभिदियासँगको सहकार्यमा कम्पनीले १८८० पिक्सेलयुक्त रग स्विफ्ट ५०० हर्ज रिफ्रेश रेट भएको मनिटरको प्रोटोटाइप सार्वजनिक गरिसकेको छ ।
यसका लागि एनभिदिया र असुसले दुई वर्ष अघि नै सहकार्य थालेका थिए । त्यसैका आधारमा गेमिङलाई लक्षित गर्दै दुवै कम्पनी मिलेर ५०० हर्ज रिफ्रेश रेट भएको डिस्प्ले सहितको मनिटर ल्याउने घोषणा गरेका हुन् ।
कम्पनीका अनुसार यो मनिटरले गेमको एनिमेसन स्मुथ हुने भएकाले गेम खेल्न सहज हुनेछ । यसका साथै उच्च रिफ्रेशरेट हुँदा यसले लेटेन्सी समेत कम गर्ने जनाइएको छ । तर, यसका लागि शक्तिशाली पीसी भने आवश्यक पर्नेछ ।
त्यसका लागि एनभिदियाले नेक्स्ट जेन आरटीएक्स ४०९० कार्ड सार्वजनिक गर्ने बताइएको छ । जुन हाल सार्वजनिक भएको डिस्प्लेका लागि उपयुक्त हुनेछ ।