close

ट्वीटरको सञ्चालक समितिबाट पूर्व सीईओ ज्याक डोर्सीले दिए राजीनामा 

टेकपाना टेकपाना

जेठ १३, २०७९ ११:३२

ट्वीटरको सञ्चालक समितिबाट पूर्व सीईओ ज्याक डोर्सीले दिए राजीनामा 

काठमाडौं । ट्वीटरका पूर्व सीईओ ज्याक डोर्सीले कम्पनीको सञ्चालक समितिबाट राजिनामा दिएका छन् । गत वर्षको अन्त्यबाट कम्पनी प्रमुखको भूमिका छाडेका डोर्सीले अब भने बोर्डबाट समेत बाहिरिने निर्णय गरेका हुन् ।

उनले शुक्रबार लागू हुने गरी बुधबार ट्विटरको सञ्चालक समिति (बोर्ड अफ डाइरेक्टर) बाट राजीनामा दिएको जनाइएको छ । हुन त यसअघि पनि उनले कम्पनीबाट आफूलाई टाढा राख्ने कोसिस गर्दै आएका थिए । उनले कम्पनीको प्रमुखबाट राजिनामा दिँदा नै बोर्डबाट समेत राजिनामा दिने तयारी गरेका थिए । तर, सन् २०२२ बाट नै बोर्ड अफ डाइरेक्टरमा उनको अवधि सकिने हुँदा यो समय सम्म बस्ने उनले निर्णय लिएका थिए ।

यद्यपि, कम्पनी टेस्लाका मालिक एलन मस्कले खरिद गर्ने निर्णय भएसँगै उनले बोर्डबाट समेत टाढा हुने जनाएका हुन् । उनको यो राजीनामासँगै ट्वीटरको एउटा युग अन्त्य भएको छ । उनले ट्वीटर स्थापना देखि नै कम्पनीको पावरमा रहँदै आएका थिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२