close

स्टार्टअपलाई सुरुवाती पुँजी उपलब्ध गराउने कार्यक्रमले पायो निरन्तरता

टेकपाना टेकपाना

जेठ १५, २०७९ १६:४२

स्टार्टअपलाई सुरुवाती पुँजी उपलब्ध गराउने कार्यक्रमले पायो निरन्तरता

काठमाडौं । सरकारले युवा उद्यमशीलता विकास गर्न र नवप्रवर्तन गर्न स्टार्टअप व्यवसायमा सुरुवाती पुँजी उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

२०७५ सालदेखि सुरु भएको यो कार्यक्रमलाई निरन्तरता दिने र यस कार्यक्रमको प्रभाव मूल्याङ्कन गरी सुधार गर्दै लगिने अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमा उल्लेख गरेका छन् ।

युवा तथा उद्यमशीलता विकासका लागि सरकारले सुरु गरेको यो कार्यक्रमलाई निरन्तरता दिँदै परियोजनाको आधारमा ऋण उपलब्ध गराउने व्यवस्था गरिने उनले बताए ।

‘यस्ता व्यवसायमा भेन्चर क्यापिटलमार्फत पुँजी व्यवस्थापन गर्नुका साथै अध्ययन अनुसन्धानलाई प्रोत्साहन गरिनेछ,’ उनले भने ।

यसका साथै युवा उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुले सञ्चालन गरेको व्यवसायलाई प्रोत्साहन गर्न ‘च्यालेन्ज फन्ड’ स्थापना गरी सहुलियत पूर्ण कर्जा उपलब्ध गराइने उनले उल्लेख गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४