close

ग्रिन हाइड्रोजन प्रविधिमा आधारित रासायनिक मल कारखाना खोलिने 

टेकपाना टेकपाना

जेठ १५, २०७९ १६:३४

ग्रिन हाइड्रोजन प्रविधिमा आधारित रासायनिक मल कारखाना खोलिने 

काठमाडौं । सरकारले ग्रिन हाइड्रोजन र ग्रिन एमोनिया प्रविधि प्रयोग गरी रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ ।

आइतबार सङ्घीय संसद्‌को बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । 

अर्थमन्त्री शर्माले ग्रिन हाइड्रोजन र एमोनिया प्रविधिमा आधारित रासायनिक मल कारखाना खोल्न लगानी बोर्डमार्फत कार्य अगाडि बढाउने बताए ।

‘आगामी वर्ष प्रमुख बालीहरू लगाउने समयमा रासायनिक मलको सहज आपूर्तिका लागि सरकारको तर्फबाट १५ अर्ब रुपैयाँ विनियोजन गरेको छु,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४