काठमाडौं । प्रदेश-१ सरकारले शिक्षाकाे गुणस्तर सुधारका लागि प्रदेशका हरेक जिल्लामा विज्ञान प्रयोगशाला स्थापना गर्ने भएको छ ।
बुधबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै यस्तो घाेषणा गरेका हुन् ।
मन्त्री आङ्बोले विद्यालयको सिकाइलाई गुणस्तरीय र व्यवहारिक बनाउन स्वयंसेवक विज्ञान शिक्षाका लागि दिइँदै आएको अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको उल्लेख गरे ।
साथै प्रत्येक जिल्लामा एक/एक विज्ञान प्रयोगशाला स्थापना गर्ने व्यवस्था समेत मिलाइएको बजेटमा उल्लेख छ ।
सँगै ‘प्राविधिक शिक्षामा लगानी, समृद्ध प्रदेशको विहानी’ नाराका साथ प्राविधिक शिक्षालाई समेत प्रोत्साहन गरिने जनाइएको छ ।