close

बागमतीमा प्रदेश विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गरिने 

टेकपाना टेकपाना

असार १, २०७९ २०:३२

बागमतीमा प्रदेश विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गरिने 

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेश विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत यस्तो कार्यक्रम अगाडि सारेका हुन् ।

उनका अनुसार आगामी आर्थिक वर्षभित्र विश्वविद्यालयको स्थापना प्रक्रिया सुरु हुनेछ । उच्च शिक्षा परिषद् सचिवालय व्यवस्थापन, सम्भाव्यताको आधारमा प्रदेश विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गर्न पाँच करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

यस्तै प्रदेश सरकारले ‘वैज्ञानिक खोज अनुसन्धान परिषद्’ स्थापना गरी अनुसन्धानलाई व्यवस्थित ढङ्गले अगाडि बढाउने घोषणा समेत गरेको छ ।

‘युवाहरूलाई वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्य सहित इनोभेसन सेन्टर स्थापना गर्न तथा सम्भाव्यताका आधारमा ज्ञान ग्रामको स्थापना गर्न बजेटको व्यवस्था गरेको छु,’ अर्थमन्त्री जम्कट्टेलले भने । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३