close

५० मेगापिक्सेल क्यामेरासहित तीन दिनसम्म ब्याट्री टिक्ने नोकियाको नयाँ फोन सार्वजनिक

टेकपाना टेकपाना

असार १७, २०७९ १२:४८

५० मेगापिक्सेल क्यामेरासहित तीन दिनसम्म ब्याट्री टिक्ने नोकियाको नयाँ फोन सार्वजनिक

काठमाडौं । नोकियाले तीन दिनसम्म ब्याट्री टिक्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले ‘नाेकिया जी ११ को’ प्लस भर्सन स्वरूप ‘नोकिया जी ११ प्लस’ सार्वजनिक भएको हो ।

यो फोनमा ९० हर्जको रिफ्रेसरेट सहित ६.५१ डिस्प्ले छ । मुख्य क्यामेरा ५० मेगापिक्सेल रहेकाे फोनमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएकाे छ ।

फाेन युनिसक टी६०६ चिपसेटबाट सञ्चालित छ । ३ जीबी र्‍यामसहित ३२ जीबी र ६४ जीबी स्टोरेज र ४ जीबी र्‍यामसहित ६४ जीबी स्टोरेज गरी दुई भेरियन्टमा याे फाेन उपलब्ध छ ।

फाेनमा ५०५० एमएएच क्षमताकाे ब्याट्री दिइएकाे छ । यो फोन एक पटकको फूल चार्जमा सामान्य अवस्थामा तीन दिनसम्म टिक्ने कम्पनीको दाबी छ ।

स्मार्टफोनको मूल्य कहिलेदेखि बजारमा उपलब्ध हुन्छ भन्ने विषयमा भने कम्पनीले कुनै जानकारी दिएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३