close

साओमी मि ब्यान्ड सेभेन प्रो सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

असार २५, २०७९ १८:३३

साओमी मि ब्यान्ड सेभेन प्रो सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडाैं । साओमी मि ब्यान्ड सेभेन प्रो सार्वजनिक भएकाे छ । याे ब्यान्डमा एमाेलेड १.६४ इन्चको डिस्प्ले उपलब्ध गराइएकाे छ, जुन मि ब्यान्ड सेभेन र रेड्मी स्मार्ट ब्यान्ड सेभेन प्रोको डिस्प्लेभन्दा ठूलाे हाे ।

फराकिलो डिस्प्लेमा हेल्थ डेटा र नोटिफिकेसन सहजै हेर्न सकिन्छ । यसमा बिल्ट-ईन जीपीएस रिसिभर छ । त्यस्तै यसले जीपीएस ग्लोनास, ग्यालिलियो, बेइडुओ, क्यूजेटएसएस सपोर्ट गर्ने बताइएको छ ।

कम्पनीका अनुसार मि ब्यान्ड सेभेन प्राेले चाैबिसैं घण्टा मुटुको धड्कन र ब्लड-अक्सिजन लेभल ट्र्याक गर्छ । यदि प्रयाेगकर्ताकाे शरीरमा एसपीओटु (SpO2) लेभल कम छ भने यसले अलार्मसमेत दिन्छ ।

यसमा भएको ‘एडभान्स्ड स्लिप मनिटरिङ सिस्टम’ले तीन तहको सुताई निगरानी गर्नेगर्छ । यो ब्यान्डमा ११७ किसिमका एक्सरसाइज मोड र १० रनिङ कोर्ष समावेश छन्, जुन स्वास्थ्यका विभिन्न पक्षसँग सम्बन्धित छन् ।

त्यस्तै ५ एटीएम वाटर रेसिस्टेन्सद्वारा रेटिङ गरिएकाले ब्यान्ड लगाएरै पौडी खेल्न सकिन्छ । यसमा भएको २३५ एमएएच ब्याट्री सामान्य रूपमा प्रयोग गर्दा १२ दिन र केही कम्प्लेक्स काम गर्दा ६ दिनसम्म टिक्ने अनुमान गरिएको छ ।

यसलाई फुल चार्ज गर्न आधा घण्टा लाग्ने कम्पनीले बताएको छ । यो ब्यान्ड चिनियाँ बजारमा ४०० यूआन (साढे सात हजार रूपैयाँ बराबर) मा बिक्रीमा राखिएको छ ।

कम्पनीले यो स्मार्टवाच विश्वव्यापी रूपमा कहिले उपलब्ध हुनेछ भन्ने विषयमा जानकारी दिइसकेकाे छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३