काठमाडौं । पोस्टपेड ग्राहक पछि नेपाल टेलिकमले आफ्नो स्प्रिङ अफर अन्तर्गत प्रिपेड प्रयोगकर्ताको लागि पनि नयाँ अफर ल्याएको छ ।
‘सजिलो अनलिमिटेड प्रिपेड प्याक’ नाम दिइएको यो अफर अन्तर्गत नेपाल टेलिकमका प्रिपेड प्रयोगकर्ताहरूले अनलिमिटेड भ्वाइस कल गर्न सक्नेछन् । यो अफर अन्तर्गत प्रयोगकर्ताले ५९९ रुपैयाँमा नेपाल टेलिकम कै नम्बरमा अनलिमिटेड भ्वाइस कल गर्न सक्नेछन् भने नेपाल टेलिकम बाहेक अन्य नेटवर्कमा २५० मिनेट सम्म भ्वाइस कल गर्न सक्नेछन् ।
यो सेवा सुरु भएको २८ दिन सम्म लागू हुनेछ । प्रयोगकर्ताले *१४१५# डायल गरेर यो सेवा सुचारु गर्न सक्नेछन् । यसैगरी डेटा तर्फ भने ‘एड अन प्याक’ अफर अन्तर्गत प्रयोगकर्ताले २८ दिन सम्म मान्य हुने गरी २८ जीबी डेटा २९९ रुपैयाँमा नै खरिद गर्न सक्नेछन् ।
यो डेटा प्रति दिन १ जीबी प्रयोग गर्न सकिनेछ । यसको लागि भने *१४४२# डायल गरेर सेवा लिन सकिन्छ । यी दुवै सेवा नेपाल टेलिकमको एप मार्फत पनि सुचारु गर्न सकिन्छ ।