close

एनसेलले ल्यायो ‘सही यो सिम’, निःशुल्क इन्स्टाग्राम प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

भदौ १, २०७९ १२:१५

एनसेलले ल्यायो ‘सही यो सिम’, निःशुल्क इन्स्टाग्राम प्रयोग गर्न सकिने

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेल आजियाटाले इन्स्टाग्राम निःशुल्क प्रयोग गर्न मिल्नेगरी ‘सही यो सिम’ ल्याएको छ । यो सिम खरिदमा प्रयोगकर्ताले एक महिनासम्म निःशुल्क इन्स्टाग्राम प्रयोग गर्न सक्नेछन् ।

युवाहरूको मागलाई सम्बोधन गर्दै यो सिम ल्याएको एनसेलले जनाएको छ ।

‘सही यो सिम’ लिएका प्रयोगकर्ताले एक महिनासम्म निःशुल्क इन्स्टाग्राम, ५० पैसा प्रति मिनेट पाँच ओटा एनसेल नम्बरमा माई-फाइभ सेवा उपयोग गर्न सक्नेछन् ।

त्यस्तै सिममा २० रुपैयाँ मुख्य ब्यालेन्स, सात दिन मान्य हुने २० मिनेट एनसेल नेटवर्कमा टकटाइम, २० ओटा एसएमएस र सात दिन मान्य हुने अल टाइम २०० एमबी डेटा समेत उपलब्ध हुनेछ ।

‘सही यो सिम’ को मूल्य ९७ रुपैयाँ तोकिएको छ ।

योसँगै सिम प्रयोगकर्ताले मासिक ५० रुपैयाँमाथिको रिचार्ज गर्दा एक महिनासम्म निःशुल्क इन्स्टाग्राम प्रयोग गर्न सक्नेछन् । अन्य सेवाका लागि भने छुट्टै इन्टरनेट प्याकेज लिनुपर्नेछ ।

यो सिम सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता र पासपोर्ट साइजको फोटो सहित नजिकैको एनसेल सेन्टरमार्फत लिनसक्ने कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३