काठमाडौं । हामी यस्तो संसारमा छाैं, जहाँ विभिन्न सामाजिक सञ्जालमा लाखौं फोटो तथा भिडिओ कन्टेन्ट अपलोड हुने गर्छ । सामाजिक सञ्जालमध्येको एक फेसबुकमा मात्र दैनिक ३० करोड फोटो अपलोड हुने गर्छन् ।
त्यस्तै इन्स्टाग्राममा दैनिक नाै करोड ५० लाख फोटो अपलोड हुन्छ । सामाजिक सञ्जालको एउटा राम्रो पक्ष के छ भने यसमा विश्वभरका अडियन्स जोडिएका हुन्छन् ।
यी तमाम कुरामा आफ्नो राम्रो प्रभाव पार्नका लागि तपाईंले केही नयाँ वा आकर्षक कुरा गर्नुपर्ने हुन्छ । सामाजिक सञ्जाल एक किसिमको मार्केटिङ टुल हो ।
सामाजिक सञ्जालमा फोटोग्राफीका माध्यमबाट अघि बढ्न सघाउने केही टिप्सका बारेमा हामीले यहाँ चर्चा गरेका छौं ।
कहाँबाट सुरुवात गर्ने ?
प्रायः मानिस र व्यवसाय जस्तै तपाईं पक्कै पनि सामाजिक सञ्जालमा सक्रिय नै हुनुहुन्छ होला । यदि सामाजिक सञ्जालमा हुनुहुन्न भने अब यसमा सकारात्मक तरिकाले आफू अघि बढ्न सामाजिक सञ्जालको एक माध्यममा साइनअप गर्नुहोस् ।
तपाईंले आफ्नो व्यक्तिगत र व्यवसायिक पाटोलाई सामाजिक सञ्जालमा छुट्टाछुट्टै राख्नु निकै आवश्यक हुन्छ । जसले गर्दा तपाईंले आफ्नो व्यवसायिक पाटो व्यवसायिक तरिकाले अगाडि बढाउन सक्नुहुन्छ ।
यसको अर्थ तपाईंले आफ्नो व्यक्तिगत अकाउन्टलाई व्यवसायिक तरिकाले हेर्न सक्नुहुन्न भनिएको होइन । यसको अर्थ हो व्यवसायिक पाटोलाई व्यावसायिक तरिकाले अगाडि बढाउँदा बढी सोभा दिन्छ ।
प्रायः फोटोग्राफरहरू इन्स्टाग्राम, फेसबुक, युट्युब र ट्वीटरसँग परिचित नै हुन्छन् । यि प्लेटफर्मले तपाईंका सामाग्री असंख्य प्रयोगकर्तामाझ पुर्याउँछ । फेसबुकका मासिक दुई अर्ब ४० करोड बढी सक्रिय प्रयोगकर्ता रहेका छन् ।
यी ठूला माध्यम नै फोटोग्राफीको सुरुवाती गन्तव्य हुन् ।
त्यस्तै फोटोग्राफीका लागि एक अर्को महत्त्वपूर्ण प्लेटफर्म हो, टिकटक । टिकटकका तीव्र गतिमा बढिरहेका प्रयोगकर्ता फोटोग्राफी यात्राका लागि राम्रो गन्तव्य हुन सक्छ ।
टिकटक फेसबुकको तुलनामा ठूलो संख्यामा युवावर्गका प्रयोगकर्ता भएको प्लेटफर्म हो । यसमा तपाईंले फोटो खिच्दा आफूले भोगेका पल, बिहाइन्ड द सिन (पर्दा पछाडिका कुरा) अपलोड गर्नुभयो भने तपाईंलाई उपयुक्त हुन्छ ।
तपाईंले टिकटकलाई आफ्नो युट्युब च्यानलमा अडियन्स ल्याउने पुलका रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।
त्यस्तै तपाईंले आफ्नो फोटो धेरै अडियन्समाझ पुर्याउन टुम्ब्लेर, लिंकडिन, पिन्ट्रेस्ट, फ्लिकर र भेरोजस्ता प्लेटफेर्म प्रयोग गर्न सक्नुहुन्छ ।
यदि तपाईं आफ्ना कन्टेन्टका माध्यमबाट धेरै अडियन्समाझ पुग्न चाहनुहुन्छ भने अरू प्लेटफर्म चाहिन्छन् भन्ने हुँदैन । कन्टेन्ट राम्रो हुनुपर्यो ठूला एक दुईवटा प्लेटफर्मबाट नै तपाईं लाखौं अडियन्ससम्म पुग्न सक्नुहुन्छ ।
तपाईंलाई कुन प्लेटफर्म प्रयोग गर्दा उपयुक्त हुन्छ भन्ने कुरा तपाईंले नै निर्धारण गर्ने हो । फोटोग्राफी भाइरल गराउनका लागि तपाईंले फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबको सहायता लिन सक्नुहुन्छ ।
भिडिओ बनाउनुहोस्
फोटोग्राफर भइसकेपछि सबैभन्दा पहिलो प्राथमिकता भनेको फोटो नै हो । तर, तपाईं आफ्नो कामले भाइरल हुन चाहनुहुन्छ वा भनौं ठूलो सङ्ख्याको अडियन्समा पुग्न चाहनु हुन्छ भने तपाईंले केही भिडिओमा काम गर्न पर्ने हुन्छ ।
तपाईंले फोटो खिच्दाको पल (बिहाइन्ड द सिन) को भिडिओ, फोटोग्राफी ग्याजेट अनबक्सिङ गरेको भिडिओ, इन्स्टाग्राममा रिल अपलोड गर्ने गर्नुभयो भने तपाईंको कामले प्राथमिकता पाउँ । धेरै अडियन्समा पुग्दा तपाईंले व्यवसायिक पाटो छिटो नै अघि बढ्छ ।
तपाईंले टिकटकमा करिब १० मिनेटसम्मको भिडिओ अपलोड गर्न गर्न सक्नुहुन्छ भने, इन्स्टाग्राम रिलमा ९० सेकेन्ड र फेसबुकमा एक घण्टासम्मको भिडिओ अपलोड गर्न सकिन्छ ।
फोटोग्राफी गर्दा तपाईंले भ्लग बनाएर त्यसलई युट्युबमा समेत अपलोड गर्न सक्नुहुन्छ । यि प्लेटफर्म प्रयोग गर्नु भयो भने तपाईंका फोटोले बजार पाउँछन् ।
ओरजिनल कन्टेन्ट राख्नुहोस्
तपाईंले आफ्नो कन्टेन्टका माध्यमबाट अडियन्सलाई आकर्षित गर्न चाहनु हुन्छ भने तपाईं वास्तविक हुनुपर्छ । तपाईंले आफूले खिचेका फोटो जस्तो छन् त्यस्तै तरिकाले राख्नुपर्छ ।
यदि तपाईंले सामाजिक सञ्जाललाई बढी नै व्यापारिक तरिकाले प्रयोग गर्न थाल्नुभयो भने त्यसले सोचेजस्तो सफलता दिन सक्दैन । त्यसैले तपाईं वास्तविक हुनुपर्छ ।
सामाजिक सञ्जालबाट आफ्नो व्यवसायिक पाटो अगाडि बढाउनु छ भने तपाईंले त्यसमा थुप्रै समय दिन पर्ने हुन्छ । सामाजिक सञ्जालमा सक्रियता भएन भने तपाईंले पहिले जस्तो अडियन्स पाउनु हुन्थ्यो पछि त्यस्तै पाउन सक्नुहुन्न ।
त्यसैले तपाईंले समय समयमा आफ्ना अडियन्ससँग अन्तरक्रिया गरिरहनु पर्छ । तपाईंले के काम गर्नुहुन्छ भनेर अडियन्सलाई अवगत गराइरहन समय समयमा लाइभ गइरहने वा तपाईंले फोटो खिच्दा खिचेको आफ्नो फोटो राखेर त्यस पछाडिको कहानी सुनाउन सक्नुहुन्छ ।
शैक्षिक सामग्री, केही गोप्य कुरा शेयर गरेको भिडिओ, कमेडी भिडिओ सामाजिक सञ्जालमा प्रायः भाइरल नै भएका हुन्छन् । तपाईंले वास्तविक सामाग्री राख्दा अडियन्सको अन्तरक्रिया बढी हुनेगर्छ ।
तपाईंले अन्य कुनै फोटोग्राफरले कसरी आफ्ना भिडिओ वा फोटो राख्छन् भन्ने कुरा विचार गरेर त्यसबाट पनि प्रभावित हुन सक्नुहुन्छ । उनीहरू सामाजिक सञ्जाल, मिडिया वा अन्य ठाउँमा कसरी प्रस्तुत हुन्छन् भन्ने कुरा पनि ख्याल गर्न पर्ने हुन्छ ।
ह्याशट्याग
तपाईंले आफ्ना कुनै पनि सामाग्री अपलोड गर्दा प्रायः त्यसको क्याप्सन बारे सोच्नुहुन्छ होला । वा यसरी बुझ्नुस्, कहिलेकाँही तपाईंको फिडमा एउटा त्यस्तो आइडी वा पेजको सामाग्री देखापर्छ, जुन तपाईंले पहिले कहिल्यै लाइक गर्नुभएको हुँदैन । हो यहाँ ह्याशट्यागले निकै महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ ।
सामाजिक सञ्जालमा असंख्य अडियन्समाझ पुग्ने एक भरपर्दो माध्यम ह्याशट्याग हो । ह्याशट्याग (#) एउटा संकेत हो जसले तपाईंको कन्टेन्ट क्याटेगोइज गर्ने गर्छ ।
तपाईंले इन्स्टाग्राममा एउटा पोस्टका लागि ३० ओटा ह्याशट्याग प्रयोग गर्न सक्नुहुन्छ । तपाईंले इन्स्टाग्राममा तीनदेखि पाँच ओटासम्म ह्याशट्याग प्रयोग गर्नुभयो भने तपाईंले कन्टेन्टले राम्रो अडियन्स पाउँछ ।
तपाईंले ह्याशट्याग प्रयोग गर्दा आफ्नो फोटो केसँग सम्बन्धित छ, त्यो कुरा समेट्न पर्ने हुन्छ । त्यस्तै तपाईंले ह्याशट्यागमा भाइरल ट्याग पनि प्रयोग गर्न सक्नुहुन्छ ।
पोस्ट गरिरहने गर्नुपर्छ
सबै कुराको परिणाम चाँडै आउँछ भन्ने हुँदैन । तपाईंले धैर्यता राख्नु नै सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । तपाईंले आफ्ना अडियनन्सलाई आफ्ना पोस्टमा व्यस्त बनाइरहन लगातार उपयुक्त पोस्ट गरिरहन पर्छ ।
तपाईं जतिबेलै सामाजिक सामाजिक सञ्जालमा सक्रिय भइरहनुपर्छ भन्ने हुँदैन । सामाजिक सञ्जाललाई व्यवसायिक पाटो बनाइसकेपछि केही समय भने अवश्य दिनुपर्ने हुन्छ ।
सामाजिक सञ्जाल जस्तै फेसबुकमा आफूले खिचेका फोटो धेरै अडियन्स माझ पुर्याउन तपाईंले फोटो सम्बन्धित ग्रुपमा शेयर गर्न सक्नुहुन्छ ।
उदाहरणका लागि यदि तपाईं वन्यजन्तु फोटोग्राफर हुनुहुन्छ भने फेसबुकमा वन्यजन्तुसँग सम्बन्धित थुप्रै कुरा हुने गर्छन् । तपाईंले त्यस्ता ग्रुपमा आफ्नो पोस्ट शेयर गरेर धेरै अडियन्समाझ पुग्न सक्नुहुन्छ ।