close

अब इन्टरनेट सेवा प्रदायकले मर्मत गरेका राउटर पुनः प्रयोगमा ल्याउन नपाउने

टेकपाना टेकपाना

साउन ४, २०७९ १६:६

अब इन्टरनेट सेवा प्रदायकले मर्मत गरेका राउटर पुनः प्रयोगमा ल्याउन नपाउने

काठमाडौं । इन्टरनेट सेवा प्रदायकले रिफर्बिस गरिएका राउटर प्रयाेगमा ल्याउन नपाउने भएका छन् । रिफर्बिस भन्नाले पुराना उपकरणलाई मर्मत गरी पुनः नयाँ जस्तै बनाएर प्रयोगमा ल्याउनु हो ।

हाल नेपालमा कतिपय इन्टरनेट सेवा प्रदायकले यसरी नै राउटर लगायतका डिभाइसलाई पुनः प्रयोगमा ल्याउने गरेका छन् । तर, अब भने प्राधिकरणले त्यस्ता कार्यलाई प्रतिबन्ध लगाएको छ ।

प्राधिकरण बाेर्डकाे हालै बसेकाे बैठकलले ग्राहकको घरमा प्रयोग हुने डिभाइसको मापदण्ड तथा त्यसले सेवाको गुणस्तरमा पारेको प्रभाव तथा सुरक्षा चुनौतीका बारेमा अध्ययन गरेर यस्ताे निर्णय गरेको हो ।

बोर्डले ‘मिनिमम रिक्वायरमेन्ट अफ सीपीई डिभाइस’ पास गरेको हो । योसँगै अब उप्रान्त सेवा प्रदायकले ग्राहकको घरमा उपलब्ध हुने कुनै पनि डिभाइस रिफर्बिस प्रयोग गर्न पाउने छैनन् ।

यसले ग्राहकको घरमा उपलब्ध हुने डिभाइसले पार्नसक्ने असरलाई कम गर्न र इन्टरनेटको गुणस्तर सुधारमा समेत मद्दत पुग्ने प्राधिकरणले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३