close

डिशहोमले ल्यायो आईपी टिभी सेवा, भिडिओ अन डिमान्डदेखि २०० बढी च्यानल हेर्न पाइने

टेकपाना टेकपाना

साउन १०, २०७९ १६:२६

डिशहोमले ल्यायो आईपी टिभी सेवा, भिडिओ अन डिमान्डदेखि २०० बढी च्यानल हेर्न पाइने

काठमाडौं । डिश मिडिया नेटवर्कले आईपी टिभी सेवा ल्याएको छ । मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै कम्पनीले ‘डिशहोम आई टिभी’को नाममा आईपी टिभी सेवा ल्याएको जानकारी दिएको हो ।

डीटीएच र टेरेस्ट्रियलभन्दा फरक विधि इन्टरनेट प्रोटोकलमा आधारित यो आईपी टिभीमा शर्ट्स टिभ, रमाइलो टिभी, गुञ्जन, सिने हट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिजजस्ता डिशहोमका एक्स्क्लुसिभ च्यानलहरु लगायत २०० भन्दा बढी टिभी च्यानलहरु हेर्न सकिन्छ ।

साथै पाँच हजारभन्दा बढी विभिन्न कन्टेन्टहरु, भिडिओ अन डिमान्ड, क्याच-अप टिभी/स्टार्ट ओभर टिभी, युट्युब, टिकटक लगायत अन्य विभिन्न एप तथा फिचरहरु उपलब्ध रहेको कम्पनीले जनाएकाे छ ।

नेपालको एक मात्र डीटीएच सेवा प्रदायक रहेको यो कम्पनी विगत १२ वर्षदेखि पे टिभी इन्डस्ट्रीमा क्रियाशील छ ।

०६७ सालमा होमटिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसँग मर्जर गरी डिशहोम ब्रान्डमा कम्पनीले विभिन्न सेवालाई सञ्चालन गरिरहेकाे छ ।

आईपी टिभी सेवाका लागि के के चाहिन्छ ?

  • Amlogic S905X 64bit quad core ARM Cortex A53 CPU
  • RAM: 1 GB / ROM: 8 GB 100 M RJ 45 Port
  • Built in Wi-Fi 2.4 Ghz IEEE 802.11 a/b/g/n
  • 2.0 USB Slots * 2
  • Power Input: 12V/1 Amp
  • Quick App Launch Buttons on the Remote
  • Video Decoding: 4K*2K@ 60fps H.265 Audio Decoding: MPEG 1/2/2.5, AAC-LC/HEAAC

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३