काठमाडौं । यही महिना सामसङको अनप्याक्ड इभेन्ट हुँदैछ । यो इभेन्टमार्फत सामसङले केही नयाँ डिभाइस सार्वजनिक गर्दैछ ।
विश्वभरका प्रयोगकर्ताका लागि सार्वजनिक हुने यी डिभाइसको परीक्षणका लागि सामसङले १८ सय प्रयोगकर्तालाई प्रयोग गर्न दिने भएको छ, जसका लागि कम्पनीले आवेदन पनि मागिसकेको छ ।
कम्पनीले दक्षिण कोरियाली बजारका प्रयोगकर्ताको लागि ‘अ ग्यालेक्सी अर्लीबर्ड टु गो’ नामक सेवा सुरु गरेको छ ।
यो सेवा अन्तर्गत आगामी दिनमा सार्वजनिक हुने तयारीमा रहेको सामसङका डिभाइसहरु प्रयोगकर्ताले पहिले नै चलाउन पाउनेछन् ।
आउँदो अनप्याक्ड इभेन्टमा ग्यालेक्सी जेड फ्लिप ४, ग्यालेक्सी जेड फ्लोड ४, ग्यालेक्सी वाच ५, ग्यालेक्टसी बड्स २ प्रो लगायत अन्य डिभाइस सार्वजनिक हुने बताइएको छ ।