close

आप्रवासी अपराधीमाथि निगरानी गर्न फेस रिकग्निसन स्मार्टवाच प्रयोग गर्दै बेलायत

टेकपाना टेकपाना

साउन २१, २०७९ ११:२१

आप्रवासी अपराधीमाथि निगरानी गर्न फेस रिकग्निसन स्मार्टवाच प्रयोग गर्दै बेलायत

काठमाडौं । बेलायत सरकारले अपराधमा संलग्न आप्रवासीमाथि निगरानी राख्न अनुहार पहिचान गर्ने स्मार्टवाचहरू प्रयोग गर्ने तयारी गरेको छ ।

द गार्डियनमा प्रकाशित समाचारका अनुसार अपराधीहरूले दिनमा पाँच पटकसम्म आफ्नो अनुहार स्क्यान गर्नुपर्नेछ । यो नियम यही वर्षको अन्त्यदेखि लागू हुने बताइएको छ ।

अपराधिक कार्यमा संलग्न भएर सजाय भोगिरहेका व्यक्तिहरूले यस्तो स्मार्टवाच प्रयोग गर्नुपर्ने र हरेक दिन आफ्नो अनुहार स्मार्टवाचमा स्क्यान गर्नुपर्ने हुन्छ ।

सरकारले भने सोही स्मार्टवाचमार्फत यस्ता व्यक्तिहरूलाई ट्रयाक गर्ने बताइएको छ । यसरी आप्रवासीहरूको नाम, राष्ट्रियता र जन्म मितिहरू सहितको तस्वीर गृह र न्याय मन्त्रालयको योजना अन्तर्गत छ वर्षसम्म स्टोर गरेर राखिनेछ ।

यो नियम अपराधमा दोषी ठहर भएका विदेशी नागरिकलाई मात्र लागू हुनेछ । बेलायती सरकारले यीबाहेक यस स्मार्टवाचको अन्य प्रयोजनको विषयमा भने खासै केही जानकारी बाहिर ल्याएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३