close

नाेकिया सी२१ प्लस नेपाली बजारमा, मूल्य साढे १६ हजार रूपैयाँ 

टेकपाना टेकपाना

भदौ २१, २०७९ १७:५८

नाेकिया सी२१ प्लस नेपाली बजारमा, मूल्य साढे १६ हजार रूपैयाँ 

काठमाडौं । एचएमडी ग्लोबलले नेपाली बजारमा नोकिया सी सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक गरेकाे छ । कम्पनीले हालै नेपाली उपभाेक्ताका लागि ‘सी२१ प्लस’ माेडलकाे सस्ताे स्मार्टफाेन ल्याएकाे हाे ।

आईपी५२ रेटिङ प्राप्त यो फोन धुलो तथा पानी प्रतिरोधी रहेको जनाइएको छ । स्लिम डिजाइनमा उपलब्ध फोनमा ५०५० एमएएचको ब्याट्री उपलब्ध छ ।

एक पटकको फुल चार्जमा यो फोन तीन दिनसम्म चल्नसक्ने कम्पनीकाे दाबी छ । एन्ड्रोइड ११ को गो इडिसनमा आधारित यो फोनमा फिंगरप्रिन्ट तथा एआईमा आधारित फेस अनलकको फिचर पनि छ ।

एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित यो फोनमा दुई वर्षसम्म नयाँ अपडेट सपोर्ट गर्ने जनाइएको छ । ६.५ इन्चको डिस्प्ले भएको यो फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा छ ।

३ जीबी र्‍याम र ३२ जीबी स्टोरेजको भेरियन्ट उपलब्ध यो फोनको नेपाली मूल्य १६ हजार ४९९ रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३