close

‘दि भ्वाइस नेपाल’ को भोटिङ तथा टिकेटिङ पार्टनरमा ‘खल्ती’

टेकपाना टेकपाना

भदौ २१, २०७९ १७:१०

‘दि भ्वाइस नेपाल’ को भोटिङ तथा टिकेटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौं । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ डिजिटल वालेट रियालिटी शो ‘दि भ्वाइस नेपाल’ को भोटिङ पार्टनरमा नियुक्त भएको छ ।

योसँगै ‘दि भ्वाइस नेपाल’ का प्रतियोगीलाई ‘खल्ती’ मार्फत् भोट गर्न सकिने भएकाे छ । साथै ‘द भ्वाइस नेपाल’ प्रत्यक्ष हेर्न टिकट पनि खरिद गर्न सक्नेछन् ।

‘दि भ्वाइस’ अन्तर्राष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक फ्रेन्चाइज हो । नेपालमा सन् २०१८ देखि ‘द भ्वाइस नेपाल’ टेलिभिजन शो सुरु भएको थियाे ।

याे शाे हिमालयन टिभीमा भदाै २४ देखि हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ । कार्यक्रममा कोच/निर्णायकको रूपमा गायक प्रविशा अधिकारी, राजु लामा, प्रमोद खरेल र राजेश पायल राई रहेका छन् ।

यस कार्यक्रमको सुरुवात ब्लाइन्ड अडिसन राउन्डबाट हुनेछ, जुन समाप्त भएपछि प्रतिस्पर्धीहरु ब्याटल राउन्डमा जानेछन् ।

ब्याटल राउन्डको अन्त्यसँगै लाइभ राउन्ड सुरु हुनेछ, जसमा दर्शकहरूले आफ्नो मनपर्ने ट्यालेन्ट लाई ‘खल्ती’ एप प्रयोग गरी भोट गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३