close

आउँदो शनिबार निःशुल्क ड्रोन वर्कशप हुँदै, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

भदौ ३०, २०७९ ९:९

आउँदो शनिबार निःशुल्क ड्रोन वर्कशप हुँदै, यसरी बन्नुहोस् सहभागी

काठमाडौं । आउँदो शनिबार सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्सले ड्रोन वर्कशप गर्ने भएको छ ।

कलेजमा पढिरहेका विद्यार्थी तथा अन्य कलेजका विद्यार्थी, प्लस टु, ए लेभल, सीबीएसई पूरा गरेका विद्यार्थीहरु वर्कशपमा निःशुल्क सहभागी हुनसक्ने कलेजले जनाएको छ ।

वर्कशप डिल्लीबजारस्थित सफ्टवेरिका कलेजको ‘ब्लक ई’मा सञ्चालन हुनेछ ।

ड्रोनको परिचय, साइन्स अफ एरोडाइनामिक्स, फेस ट्रयाकिङ प्रोजेक्ट, अटो म्यापिङ प्रोजेक्ट लगायतका विषयमा वर्कशप केन्द्रित हुने कलेज प्रमुख प्रमोद पौडेलले जानकारी दिए ।

वर्कशपमा सहभागी हुन याे लिंकमा क्लिक गरी नाम दर्ता गर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४