close

एनसेलले ल्यायो इन्डिया भ्वाइस प्याक, ५५ रुपैयाँमा १५ मिनेट कल गर्न सकिने

टेकपाना टेकपाना

असोज ६, २०७९ १७:४१

एनसेलले ल्यायो इन्डिया भ्वाइस प्याक, ५५ रुपैयाँमा १५ मिनेट कल गर्न सकिने

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा तीनवटा नयाँ भ्वाइस प्याक ल्याएको छ । प्रिपेड र पोस्टपेड दुवै ग्राहकका लागि ल्याइएको यी प्याक शुक्रबार (असोज ७) देखि लागू हुनेछ ।

यसअन्तर्गत भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसार एक दिन, सात दिन वा २८ दिनको समयावधि रहेको प्याक एक्टिभेट गर्न सक्नेछन् ।

एक दिनको भ्वाइस प्याक अन्तर्गत ग्राहकले करसहित रु. ५५ मा भारत कल गर्नका लागि १५ मिनेट टकटाइम पाउँछन् ।

त्यस्तै सात दिने भ्वाइस प्याक अन्तर्गत ग्राहकले रु. २४९ मा भारत कल गर्नका लागि ७० मिनेट टक टाइम प्राप्त गर्दछन् । आफ्नो आवश्यकता अनुसार बढी समयावधि चाहिने ग्राहकहरुले २१५ मिनेट टकटाइम रहेको 
भ्वाइस प्याक कर सहित रु ७४९ मा एक्टिभेट गरी भारतमा कल गर्न सक्छन् ।

ग्राहकले *१७११८*७# डायल गरी निर्देशन अनुसार आफ्नो आवश्यकता  अनुरुप  भ्वाइस प्याक प्रयोग गर्न सक्नेछन् । त्यस्तै ग्राहकले एनसेल एप, एनसेल वेबसाइट र एनसेलको आधिकारिक खुद्रा बिक्रेताहरुमार्फत भ्वाइस प्याक लिन सक्छन् ।
 

पछिल्लो अध्यावधिक: असोज ६, २०७९ १७:४८