close

ओपन साेर्स सम्‍बन्धी ३ दिने कार्यक्रम हुँदै, निःशुल्क रूपमा यसरी बन्नुहाेस् सहभागी

टेकपाना टेकपाना

असोज २५, २०७९ १९:३३

ओपन साेर्स सम्‍बन्धी ३ दिने कार्यक्रम हुँदै, निःशुल्क रूपमा यसरी बन्नुहाेस् सहभागी

काठमाडाैं । ओपन साेर्स सफ्टवेयरमाथि आवश्यक योगदानलाई प्रवर्द्धन गर्न तीन दिने कार्यक्रम हुने भएकाे छ । अमेरिकी क्लाउड सेवा पूर्वाधार प्रदायक कम्पनी डिजिटल ओसियनले शुरु गरेकाे उक्त कार्यक्रम नेपालमा समेत हुन लागेकाे हाे । 

उक्त कार्यक्रमलाई ‘सगरमाथा ह्याक टू बर्फेस्ट २०२२’ नाम दिइएकाे छ । वीरेन्द्र ओपन साेर्स क्लब, कम्प्युटर इन्जिनियरिङ साेसाइटी इन सगरमाथा, एनआईसी आईटी क्लब, नेपाल ओपन साेर्स क्लब लगायत ओपन साेर्ससँग सम्बन्धित अन्य विभिन्न क्लब तथा पेशाकर्मीहरूकाे पहलमा यो कार्यक्रम आयोजना हुन लागेकाे हाे । 

कार्यक्रम भाेलि असाेज २६ गतेदेखि २८ गतेसम्म अनलाइन माध्यममा हुने छ । यो तीन दिने कार्यक्रममा ओपन सोर्स सम्बन्धी विभिन्न कार्यशाला र तालिमहरू समावेश रहेको आया‍ेजकले जनाएकाे छ । कार्यक्रममा इच्छुक जो कसैले निःशुल्क रूपमा सहभागिता जनाउन सक्ने छन् । त्यसका लागि यहाँ क्लिक गरी आफ्नो नाम दर्ता गराउनु पर्नेछ । 



 

पछिल्लो अध्यावधिक: असोज २५, २०७९ १९:३८