काठमाडौं । अनलाइन अर्डरमा घरायसी मर्मत सम्भार तथा सजावट सम्बन्धी सेवा दिँदै आएको सजिलो सेवाले तिहारको अवसरमा आकर्षक प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले झिलिमिली बत्ती अर्डर गर्दा जडान र डेलिभरी निःशुल्क दिने गरी नयाँ अफर ल्याएको हो ।
सजिलोत्सव अफर अन्तर्गत बहुरङ्गी दुई हजारभन्दा बढी एलईडी बत्ती रहेको प्याकेजको सुरुवाती मूल्य छ हजार दुई सय रुपैयाँ राखिएको छ । जसमा २० ओटा लाइट स्ट्रिप, नौदेखि १० मिटरसम्मका आठ ओटा लाइट कम्बिनेसन रहेका छन् ।
त्यस्तै सात हजार २७५ रुपैयाँको न्यानो बत्ती प्याकेजमा दुई हजार वार्म लाइटसँगै २० ओटा लाइट स्ट्रिप्स, नौदेखि १० मिटर क्षेत्रफल कभरेज रहेको छ भने समान लाइट स्ट्रिप, कभरेज रहेको आठ ओटा क्रिस्टल लाइट कम्बिनेसन समावेश दुई हजार एलईडी लाइट युक्त क्रिस्टल बत्ती प्याकेजको मूल्य १२ हजार ४०० रुपैयाँ राखिएको छ ।
यति मात्र नभएर तीन देखि चार ओटा तला भएको घरका लागि २० ओटा लाइट स्ट्रिपसँगै १७ देखि २० मिटरमा चार हजार ओटा लाइट समावेश गरिएका विभिन्न तीन प्याकेज उपलब्ध छन् ।
जसमा एलईडी लाइटसँगै आठ ओटा लाइट कम्बिनेसन रहेको झिलिमिली बत्ती प्याकेजलाई १० हजार ८०० रुपैयाँ, एलईडीवार्म लाइट सहितको न्यानो बत्तीलाई १२ हजार रुपैयाँ र एलईडी क्रिस्टल लाइट समावेश छन् ।
यसका साथै आठ ओटा कम्बिनेसन रहेको क्रिस्टल बत्ती प्याकेजका लागि २४ हजार रुपैयाँ मूल्य तोकिएको छ । इच्छुक ग्राहकले कम्पनीको सजिलो एपमार्फत आफ्ना लागि उपयुक्त प्याकेज अर्डर गर्न सक्ने कम्पनीले जनाएको छ ।