close

इन्स्टाग्राममा समस्या, लाखौं प्रयोगकर्ताको अकाउन्ट बन्द

टेकपाना टेकपाना

कात्तिक १४, २०७९ २१:२१

इन्स्टाग्राममा समस्या, लाखौं प्रयोगकर्ताको अकाउन्ट बन्द

काठमाडौं । मेटा अन्तर्गतको इन्स्टाग्राम समस्या देखिएको छ । जसका कारण यती बेला लाखौं प्रयोगकर्ताको अकाउन्ट बन्द भएको स्क्रिनशटले इन्टरनेट भरिएको छ । विश्वभरका कयौं प्रयोगकर्ताको अकाउन्ट बिनाकारण सस्पेन्ड भएको भन्दै ट्वीटरमा स्क्रिनशट पोस्ट भइरहेका छन् ।

प्रयोगकर्ताले पोस्ट गरेका सबै सक्रिनसट प्रायः एउटै प्रकृतिको देखिन्छ । जहाँ 'हामीले ३१ अक्टोबर २०२२ मा तपाईँको अकाउन्ट सस्पेन्ड गरेका छौं,' लेखिएको अलर्ट देख्न सकिन्छ । प्रयोगकर्तालाई नीति उलङ्घन गरेकाले अकाउन्ट सस्पेन्ड भएको नोटिफिकेशन गए पनि वास्तविक कारणका बारेमा कसैलाई केही जानकारी छैन् ।

अन्तमा इन्स्टाग्रामले सिस्टममा भएको समस्याका कारण अकाउन्ट सस्पेन्ड भएको बताएको छ । यो विषय ट्वीटरमा अहिले ट्रेन्डिङमा परेको छ । विभिन्न प्रयोगकर्ताले अनायासै अकाउन्ट सस्पेन्ड गर्नुको कारण खोजिरहेका छन् ।

त्यस्तै लाखौंको सङ्ख्यामा फलोअर्स हुने अकाउन्टको फलोअर सङ्ख्या पनि घटेको पाइएको छ । इन्स्टाग्रामको मुख्य कम्पनी मेटाले उक्त समस्या स्वीकार्दै समस्या समाधानमा काम भइरहेको जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०७९ २१:२१