close

रियलमी १० प्रो प्लस सार्वजनिक, दराजबाट बुकिङ गर्दा दुई हजार छुट

टेकपाना टेकपाना

पुस ६, २०७९ ९:२३

रियलमी १० प्रो प्लस सार्वजनिक, दराजबाट बुकिङ गर्दा दुई हजार छुट

काठमाडौं । रियलमीले आफ्नो फ्ल्यागसिप मोडेल 'रियलमी टेन प्रो प्लस फाइभजी' नेपाली बजारमा पनि सार्वजनिक गरेको छ । कर्भ्ड डिस्प्लेको लागि विश्वबजारमा चलेको यो फोन नेपाली बजारमा भने मंगलबार सार्वजनिक गरिएको हो । फोनमा १२० हर्ज रिफ्रेस रेट सहितको ६.७ इन्चको कर्भ्ड डिस्प्ले छ, जसले फोनको बेजेल्स घटाउने काम गरेको छ । 

एन्ड्रोइड १३ मा आधारित यो फोनमा मिडियाटेक डाइमेन्सिटी १०८० (MediaTek Dimensity 1080) चिपसेट प्रयोग गरिएको छ । १७३ ग्रामको यो फोनमा ५,००० एमएएचको ब्याट्री छ । फोनमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा सहित १६ मेगापिक्सेलको सेल्फि क्यामेरा छ । नेपाली बजारमा यो फोन ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेजको भेरियन्टमा उपलब्ध छ । 

कम्पनीले फोनको मूल्य ४५ हजार नौसय ९९ रुपैँया तोकेको छ । यद्यपि ई-कमर्स प्लेटफर्म दराजमा प्रि-बुकिङ गरेको खण्डमा दुई हजार रुपैयाँ छुट पाउन सकिनेछ । दराजमा आजबाट शुक्रबारसम्म प्रि-बुकिङ गर्न सकिनेछ । यो अफर शुक्रबारसम्म गरिएको अग्रिम बुकिङको लागि मात्र मान्य हुनेछ ।  

पछिल्लो अध्यावधिक: पुस ६, २०७९ ९:५२