काठमाडौं । इन्स्टाग्राममा अब साथिले हालेको फोटो सुरुमै हेर्न सकिने भएको छ । त्यसका लागि इन्स्टाग्रामले हाल सिस्टम परिक्षण गरिरहेको खबर सार्वजनिक भएको छ ।
चिनियाँ डेभलपर जेन म्यानचुन वाङले यसको विषयमा जानकारी सार्वजनिक गरेकी छन् । उनले आफ्नो ट्वीटरमार्फत इन्स्टाग्रामको पछिल्लो अपडेटबारे जानकारी गराएकी छन् ।
Instagram is working on “Latest Posts” feed for catching up feed posts
This sounds like the chronological feed people are asking for. Similar, but not the same ? pic.twitter.com/AUMwlZGtUr
उनले सार्वजनिक गरेको फोटो अनुसार अब इन्स्टाग्राम खोल्ने बित्तिकै प्रयोगकर्ताले सुरुमा आफ्नो साथिले हालेको फोटो हेर्न मिल्ने गरि इन्स्टाले ‘फिड पोस्ट’ निमार्ण गरिरहेको छ ।
यसअघि इनस्टामा क्रोनोलोजिक रुपमा सबै फोटो हेर्दै जानु पर्ने अवस्था थियो । प्रयोगकर्ताबाट आएको प्रतिक्रियाको अधारमा इनस्टाले यो सुविधामा काम गरिरहेको उल्लेख गरिएको छ ।