close

फाइभजी फोन आईक्युओओ ३ भारत र चीनमा एकै पटक सार्वजनिक हुने

टेकपाना टेकपाना

फागुन ३, २०७६ १०:५०

फाइभजी फोन आईक्युओओ ३ भारत र चीनमा एकै पटक सार्वजनिक हुने

काठमाडौं । यस साताको सुरुवातमा भिभोको सहायक ब्राण्ड ‘आईक्युओओ’ ले चीनमा फेब्रुअरी तारिक ‘आईक्युओओ थ्रि फाइभजी’ स्मार्टफोन सार्वजनिक गर्ने जनाएको थियो ।

चीनमा अनलाइनमार्फत फोन सार्वजनकि गर्ने तयारीमा रहेको कम्पनीले अब भारतमा पनि एकै पटक सार्वजनिक गर्ने भएको छ । विश्वको दोस्रो ठुलो स्मार्टफोन बजारको रुपमा रहेको भारतमा पनि कम्पनीले अनलाईनमार्फत नै फोन सार्वजनिक गर्ने भएको हो ।

यो सँगै आईक्युओओ थ्रि भारतमा सार्वजनिक हुने पहिलो फाइभ जी फोन हुुनेछ । उक्त फोन सामसङ ग्यालेक्सी एस ट्वान्टी जस्तै क्वालकम स्न्यापड्रागन ८६५ चिपसेटमा आधारित रहेको छ ।

क्वाड क्यामरा(चार ओटा क्यामरा) सेटअप रहेको फोनमा ४८ मेगा पिक्सेलको मुख्य क्यामरा रहेको छ । १२ जीबीको र्‍याम रहेको फोनमा ईन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर प्रयोग गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१