काठमाडौं । फेसुबक म्यासेन्जरको ‘स्टोरिज’ मा अब आफुले चाहे अनुसारको कलर मिलाउन सकिने भएको छ । त्यसका लागि म्यासेन्जरले हाल सिस्टम परिक्षण गरिरहेको खबर सार्वजनिक भएको छ ।
चिनियाँ डेभलपर जेन म्यानचुन वाङले यसको विषयमा जानकारी सार्वजनिक गरेकी छन् । उनले आफ्नो ट्वीटरमार्फत म्यासेन्जरको पछिल्लो अपडेटबारे जानकारी गराएकी छन् । उनका अनुसार हाल फेसबुक म्यासेन्जर स्टोरिजमा ‘कलर एड्जस्टमेन्ट टुल’ का लागि काम गरिहेको छ ।