एजेन्सी । केहि दिनअघि मात्रै माइक्रोसफ्टले आफ्नो अपरेटिङ सिस्टम ‘विन्डोज टेन’ को अपडेट सार्वजनिक गरेको छ । तर, नयाँ अपडेटमा प्रयोगकर्ताले भने समस्या भोग्नु परेको छ ।
विन्डोजको नयाँ अपडेट ‘केबी४५३२६९३’ मा प्रयोगकर्ताले बनाएको युजर नै हराउने समस्या देखा परेको छ। नयाँ अपडेट आएसँगै प्रयोगकर्ताले यस विषयमा सामाजिक सञ्जालमार्फत गुनोसो गरिरहेका छन् ।
प्रयोगकर्ताले नयाँ अपडेटसँगै आफ्नो पुरानो युजर हराएर सिधै विन्डोजको नयाँ युजर खुल्ने बताएका छन् । यो केहि प्रयोगकर्ताको कम्प्युटर तथा ल्यापटमा मात्रै देखिएको छ ।
जहाँ प्रयोगकर्ताले डाउनलोड गरेको एप, डेक्सटप वालपेपर, डेक्सटपमा रहेका फाइल, डाउनलोड फाइल सबै हराएका छन् ।