फेसुबकको ‘लाइक बटन’ अब नयाँ र आकर्षण देखिने भएको छ । त्यसका लागि फेसबुकले हाल सिस्टम परिक्षण गरिरहेको खबर सार्वजनिक भएको छ ।
चिनियाँ डेभलपर जेन म्यानचुन वाङले यसको विषयमा जानकारी सार्वजनिक गरेकी छन् । उनले आफ्नो ट्वीटरमार्फत फेसबुकले हाल ‘लाइक बटन’ मा काम गरिरहे भन्दै जीआईएफ फोटो सार्वजनिक गरेकी छन् ।
Facebook is testing a very special Like button animation where it flies diagonally when being pressed
उनका अनुसार फेसबुकले ल्याउन लागेको नयाँ लाइक बटन हेर्दा हालको जस्तै भएतापनि प्रयोगर्दा भने फरक पाउँने उल्लेख गरेकी छन् ।
उनले सार्वजनिक गरेको जिआईएफ फाइल अनुसार नयाँ बटनमा अब माउसको क्रसर अथावा मोबाइलमा प्रयोगकर्ताको औंला पुग्दा हलचल हुनेछ । हाल उपलब्ध लाइक बटन त्यस्तो सुविधा छैन् ।