काठमाडौं । अब त्रिभुवन विमानस्थलमा आउने पर्यटकलाई रोबटले स्वागत गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल भ्रमण वर्ष २०२० को सचिवालय, नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त प्रयासमा पाइला टेक्नोलोजीद्धारा निर्मित दुई रोबोट विमानस्थल राखेको हो ।
परी नामक उक्त रोबट आगमन र प्रस्थान कक्षमा राखिने छ । रोबटले नेपाली, अंग्रेजी र चिनियाँ भाषामा सम्वाद गर्नेछ ।
रोबोटले पर्यटन गन्तव्य भिषा प्रकृया र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको संरचना लगायत पक्षका विषयमा जानकारी गराउने उल्लेख गरिएको छ ।