काठमाडौं । ट्वीटरले नयाँ सुविधा ल्याएको छ । जसमा अब तपाईंले सहजै आफूले गरेको पुरानो ट्वीटमा नयाँ ट्वीट जोड्न सक्नुहुन्छ ।
हुन त यस अघि पनि पुरानो ट्वीटमा नयाँ ट्वीट थप्ने सुविधा थियो । तर, उक्त सुविधालाई ट्वीटरले थप सहज बनाएको छ । यसको अर्थ पुरानो ट्वीटलाई एडिट गर्ने सुविधा भने होइन ।
Now you can add a Tweet to one you already Tweeted, faster! pic.twitter.com/j3ktAN6t5o
— Twitter (@Twitter) February 19, 2020
ट्वीटरले ल्याएको नयाँ सुविधा अनुसार यदि तपाईं नयाँ ट्वीट गर्दै हुनुहुन्छ र उक्त ट्वीट तपाईंले यसअघि गरेको पुरानो ट्वीटसँग सान्दर्भिक छ भने त्यसलाई सिधै पुरानो ट्वीटमा जोड्न सक्नुहुन्छ । पुरानो ट्वीटमा नयाँ ट्वीट कसरी जोड्ने भन्ने विषयका लागि माथि रहेको ट्वीटरको भिडियो हेर्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०
