एजेन्सी । इन्स्टाग्राममा अब फलोअर हटाउन सकिने भएको छ । त्यसका लागि इन्स्टाग्रामले हाल सिस्टम परीक्षण गरिरहेको खबर सार्वजनिक भएको छ ।
चिनियाँ डेभलपर जेन म्यानचुन वाङले यसको विषयमा जानकारी सार्वजनिक गरेकी हुन् । उनले आफ्नो ट्वीटरमार्फत इन्स्टाग्रामको पछिल्लो अपडेटबारे जानकारी गराएकी छिन्।
Instagram is working on the ability to remove followers on their profiles pic.twitter.com/VGBxO0oA1H
— Jane Manchun Wong (@wongmjane) February 22, 2020
साथै त्यसरी आफूलाई फलो गर्नेलाई हटाउँदा हटाएको व्यक्तिले आफूलाई हटाइएको बारेमा जानकारी समेत पाउने छैन । यसबाट प्रयोगकर्ताले कुनै व्यक्तिलाई फलोअर गर्नबाट हटाउन मन लागेको खण्डमा उसलाई थाहै नदिइ हटाउन सक्नेछन् ।
याे सुविधा यसअघि आईओएसमा भने उपलब्ध थियो । त्यसैलाई विकास गर्दै इन्स्टाग्रामले एन्ड्रोइड भर्सनमा पनि उपलब्ध गराउने भएकाे हो ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०
