एजेन्सी । गूगलले चिनियाँ कम्पनी ह्वावेलाई आफ्ना सेवाहरु प्रयोग गर्न रोक लगाएको छ । उसले शनिबारमात्रै आफ्नो धारणा सार्वजनिक गर्दै ह्वावेलाई आफ्ना उत्पादन प्रमाणीत तथा आधिकारिक नभएम्म प्रयोग नगर्न भनेको हो ।
कम्पनीले अमेरिकी सरकारले अनुमति दिएसँगै ह्वावेका स्मार्टफोनहरुमा अपडेट दिने बताउँदै अहिलेलाई भने उसलाई स्मार्टफोनहरुमा आफ्ना मोबाइल सर्भिस तथा एपहरु इन्स्टल नगर्न सुझाव दिएको छ ।
एन्ड्रोइड हेल्प कम्यूनिटीसँगको कुराकानीमा गूगलका लिगल अफिसर ट्रिस्टान ओस्ट्रोवस्कीले अमेरिकाले ह्वावेलाई अझैपनि अस्थाई लाइसेन्स जारी गरेको बताए । उनले ह्वावेले अहिलेका मोडलहरुमा मात्र सेक्यूरिटी अपडेट गर्न पाउँने बताएका छन् ।