close

शनिबार सार्वजनकि हुँदै भीभोको फाइभजी स्मार्टफोन जेड सिक्स

टेकपाना टेकपाना

फागुन १२, २०७६ १६:४९

शनिबार सार्वजनकि हुँदै भीभोको फाइभजी स्मार्टफोन जेड सिक्स

काठमाडौं । चिनियाँ स्मार्टफोन उत्पादक कम्पनी भीभोले आउँदो शनिबार विश्व बजारमा आफ्नो बहुप्रतिक्षित स्मार्टफोन ‘भीभो जेड सिक्स फाइभजी’ सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले आफ्नो उक्त फोन चीनबाट सार्वजनिक गर्ने तयारी गरिरहेको छ । भीभोमा आधारित उक्त फोन क्वालकम स्न्यापड्रागन ७६५ चिपसेटमा आधारित रहेको छ । फोनमा प्रयोग भएको रोम र र्‍यामको विषयमा भने अहिलेसम्म कुनै जानकारी बाहिर आएको छैन ।

त्यस्तै स्मार्टफोनमा प्रयोग भएको स्क्रिन साइजको विषयमा समेत कुनै जानकारी प्राप्त भएको छैन । तर, फोन चारओटा क्यामरा सेटअपका साथ आउने उल्लेख गरिएको छ । फोनको पछाडिको भागमा फिंगरप्रिन्ट सेन्सर रहेको छ भने, सेल्फीको लागि एउटामात्रै क्यामरा रहने उल्लेख छ ।

फोनमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ । ४४ वाटको फास्ट चार्जिङ सिस्टम रहेको फोनले फाइभजी नेटवर्क सर्पोट गर्ने उल्लेख गरिएको छ । उल्लेख गरिए अनुसार यो फोनको मूल्य ४८ हजार पाँच सय नेपाली रुपैयाँ पर्ने अनुमान छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०