close

प्रयोगकर्तालाई पैसा दिने योजना ल्याउँदै फेसबुक

टेकपाना टेकपाना

फागुन १२, २०७६ १६:२५

प्रयोगकर्तालाई पैसा दिने योजना ल्याउँदै फेसबुक

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले आफ्ना प्रयोगकर्ताबाट आवाज संकलन गर्ने र सोबापत् पैसा दिने योजना ल्याउने भएको छ । फेसबुकले यो योजनाबारे आफ्नो ब्लगमार्फत जानकारी गराएको छ । फेसबुकले यो योजनाको नाम प्रनाउन्सियसन राख्ने भएको छ ।

आफ्नो सेवाको गुणस्तर सुधार्न फेसबुकले प्रयोगकर्ताको आवाज संकलन गर्न लागेको हो । फेसबुकको भ्यूप्वाइन्ट एपमार्फत प्रयोगकर्ताको आवाज रेकर्ड गराउने योजना छ । भ्यूप्वाइन्ट फेसबुकले आफ्नो सेवा सुधार्नको लागि प्रयोगकर्तालाई सहभागी गराउने उद्देश्यले ल्याएको एप हो । यो एप हाल अमेरिकामा मात्रै सञ्चालनमा छ ।

यो एपमार्फत प्रयोगकर्ताले हे पोर्टल भनेर त्यसपछि आफ्ना दश जना फेसबुक साथीको नाम भन्नुपर्नेछ । एक पटकमा १० जनाको नाम भन्दा प्रयोगकर्ताले २ सय प्वाइन्ट प्राप्त गर्नेछन् । यस्तो प्वाइन्ट १ हजार पुर्‍याएपछी फेसबुकले उक्त प्रयोगकर्ताको पेपल अकाउन्टमा ५ डलर पैसा पठाउने फेसबुकले आफ्नो ब्लगमा जानकारी दिएको छ । यो सेवा केही समयमै अमेरिकामा सुरु भए पनि आवश्यकता अनुसार अन्य ठाउँमा पनि विस्तार हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०