close

डेल ल्यापटपमा फाइभजीको सफल परीक्षण

टेकपाना टेकपाना

फागुन १६, २०७६ १३:२२

डेल ल्यापटपमा फाइभजीको सफल परीक्षण

एजेन्सी । टेलिकम कम्पनी ओरेञ्जले डेलसँगको सहकार्यमा फाइभजी परीक्षण गरेको छ । डेलसँगको सहयर्कामा भएको पहिलो फाइभजी परीक्षणमा कम्पनी सफल भएको उल्लेख गरिएको छ ।

त्यसका लागि डेलको पहिलो ‘फाइभजी–रेडी ल्याटीट्युड ९५१० नोटबुक’ प्रयोग गरिएको थियो । उक्त परीक्षणमा कम्पनीले ९०० एमबीपीएसको डाउनलोड स्पिड प्राप्त गरेको छ । जुन हालको फोरजी नेटवर्कको तुलानमा २० गुणा बढी हो ।

डेल ल्याटीट्युड ९५१० नोटबुक कम्पनीले अघिल्लो महिना मात्रै अमेरिकामा सम्पन्न सीईएसमा सार्वजनिक गरेको थियो ।

फाइभजीको सफल परीक्षण पश्चात डेलका वरिष्ठ अपाध्यक्ष लियाम क्विनले भनेका छन, ‘यो परीक्षणले मान्छेको जीवनमा फाइभजीले पार्ने प्रभावको विषयमा प्रस्ट पारेको छ । अब कुनै पनि फाइल मिनेटमा नभएर सेकन्डमा डाउनलोड हुनेछ । जसले नयाँ उद्यम विकास गर्न मद्दत गर्नेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०