close

चार्जरमा हुने घर झगडा रोक्न अब ‘फेम्ली चार्जर’

टेकपाना टेकपाना

फागुन १६, २०७६ १२:८

चार्जरमा हुने घर झगडा रोक्न अब ‘फेम्ली चार्जर’

एजेन्सी । सामान्यतया घरमा यो चार्जर मेरो, त्यो चार्जर मेरो भनि झगडा परिरहेको हुन्छ । त्यति मात्रै हैन परिवार नै कतै यात्रामा निस्किँदा सैबले छुट्टाछुट्टै चार्जर बोकेर हिड्नपर्ने वाध्यता हुन्छ ।

त्यसैले पनि होला बजारमा अहिले ‘फेम्ली चार्जर’को प्रयोग बढिरहेको छ । यदी साथमा फेम्ली चार्जर भयो भने यात्राको समयमा आफ्नो काम पनि गर्दै ल्यापटपको चार्ज जोगाउँदै काम गर्न सक्नुहुन्छ । मोबाइलको चार्ज सकिए चार्ज गर्न सक्नुहुन्छ ।

फेम्ली चार्जरमा पाँचओटासम्म मोबाइल अथावा ल्यापटप चार्ज गर्न सकिन्छ । त्यसका लागि तपाईंले चार्जर खरीद गर्दाकै समयमा विचार पुर्‍याउनु पर्ने हुन्छ । यदि तपाईं ल्यापटप प्रयोग गर्नुहुन्छ भने तपाईंले ल्यापटप चार्जर सहितको चार्जर किन्न सक्नुहुन्छ । यदि ल्यापटपको चार्जर आवश्यक छैन भने तपाईंले मोबाइलको चार्जरमात्रै भएको चार्जर पनि किन्न सक्नुहुन्छ ।

मोबाइलको मात्रै चार्जर किन्दा पनि तपाईंले बिचार पुर्‍याउन भने जरुरी छ । किनभने पछिल्लो समय धेरै जसो मोबाइल चार्जर टाईप–सी पोर्टमा आधारित हुन्छन । कतिपय मोबाइल अझै पनि माइक्रो यूएसबी पोर्टमा चलिरहेका हुन्छन् । त्यसैले चार्जर किन्दा दुबै सुविधा भएको चार्जर किन्दा सबैको मोबाइललाई समेट्न सकिन्छ ।

त्यतिमात्रै नभएर तपाईं फेम्ली चार्जर किन्दै हुनुहुन्छ भने त्यसको ‘वाट’ को विषयमा बिचार पुर्‍याउन आवश्यक छ । किनभने जति धेरै वाट भयो फेम्ली चार्जर त्यती नै राम्रो हुने भएकाले धेरै वाट भएको चार्जर किन्दा राम्रो हुन्छ । यस्ता चार्जर बजारमा ५२ वाटसम्मका आएका छन् । जसको बजार मूल्य ८ हजारको हाराहारीमा पर्न जान्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०