close

फेसबुकका एक कर्मचारीमा देखियो कोरोना, घरबाटै काम गर्न कर्मचारीलाई निर्देशन

टेकपाना टेकपाना

फागुन २२, २०७६ १२:४५

फेसबुकका एक कर्मचारीमा देखियो कोरोना, घरबाटै काम गर्न कर्मचारीलाई निर्देशन

काठमाडौं । अमेरीकाको सियाटल सहरमा रहेको फेसबुकको कार्यलयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस देखिएको छ । यो सँगै फेसबुकले उक्त कार्यलयमा कार्यरत अन्य कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको छ ।

‘सियाटलमा रहेको कार्यलयमा काम गर्ने ठेकदारमा कोरोना प्रमाणीत भएको छ,’ फसेबुकका प्रवक्ता एन्थोनी ह्यारिसनले भनेका छन, उक्त कार्यलय यही ९ मार्चसम्म बन्द गरिएको छ । भने, त्यहाँ कार्यरत अन्य कर्मचारीलाई स्वास्थ्य परिक्षण पश्चात घरमै बसेर काम गर्ने सुविधा दिइएको छ ।’

यसअघि बुधबारमात्रै अमेजनमा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरस लागेको प्रमाणीत भएको थियो । भने, ट्वीटरले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्ने सुविधा दिएको थियो । – एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०