close

दूरसञ्चार प्राधिकरणको नयाँ प्रयोग, व्हाट्सएपबाटै बैठक, व्हाट्सएपमै निर्णय

टेकपाना टेकपाना

चैत ११, २०७६ १९:२३

दूरसञ्चार प्राधिकरणको नयाँ प्रयोग, व्हाट्सएपबाटै बैठक, व्हाट्सएपमै निर्णय

नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो इतिहासमै पहिलोपटक नयाँ किसिमबाट सन्चालक समितिको बैठक गरेको छ । कोरोना संक्रमणबाट सतर्कता अपनाउन सरकारले मंगलबारदेखि घरबाहिर ननिस्कन आग्रह गरेसँगै प्राधिकरणले व्हाट्सएपबाट बोर्ड बैठक गरेको हो ।

प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालका अनुसार सबै बोर्ड सदस्य रहेको व्हाट्सएप ग्रुपमा छलफल भएको हो । छलफलका बिषय राख्ने र त्यसमा सबैले आफ्नो राय प्रस्तुत गरेर अन्तिममा व्हाट्सएपमै निर्णय लेखिएको उनले जानकारी दिए ।

म‌ंगलबार व्हाट्सएप मार्फत गरिएको बैठकले दूरसञ्चार सेवा प्रदायकलाई रिचार्ज गरेको रकम बराबरकै बोनस उपलब्ध गराउन र २ सय रुपैयाँसम्म सापटी दिन सक्ने निर्णय गर्दै निर्देशन पनि दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६