close

कोरोना महामारीको समयमा पत्रकारितालाई ट्वीटरको १२ करोड सहयोग

टेकपाना टेकपाना

चैत १२, २०७६ ११:३७

कोरोना महामारीको समयमा पत्रकारितालाई ट्वीटरको १२ करोड सहयोग

काठमाडौं । विश्वभर कोरोनाभाइरस (कोभिड-१९) महामारीको रुपमा फैलिरहेको बेला माइक्रो ब्लगिङ सञ्जाल ट्वीटरले फरक खालको सहयोग उपलब्ध गराउने भएको छ । ट्वीटरले आफ्नो माध्यमभन्दा फरक किसिमले कोरोना भाइरसको महामारीको समयमा काम गर्ने पत्रकारलाई सहयोग गर्ने निर्णय गरेको हो ।

ट्वीटरले दुई वटा संस्थामार्फत करीब १२ करोड ३० लाख रुपैँया सहयोग उपलब्ध गराउने छ । ती दुई संस्थामा ‘कमिटी टु प्रोटेक्ट जर्नलिस्ट’ र ‘अन्तराष्ट्रिय महिला मिडिया फाउण्डेशन’ रहेका छन् ।

जसको उद्देश्य कोरोनाभाइरससँग सम्बन्धित रिपोर्टिङलाई सहयोग पुर्‍याउनु रहेको छ । यस्तो सहयोग उपलब्ध गराउने ट्वीटर पहिलो सामाजिक सञ्जाल भने होइन ।

किन भने एक हप्ता अघिमात्रै फेसबुकले यस्तै खालको सहयोग उपलब्ध गराएको थियो । फेसबुकले पनि ट्वीटरको जति नै अर्थात १२ करोड ३० लाख रुपैँया सहयोग उपलब्ध गराएको थियो ।

उक्त सहयोग फेसबुकले कोरोना भाइरसँग सम्बन्धित रिपोर्टिङ गर्ने संस्था र गलत सूचनाको जाँच गर्ने संस्थालाई दिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६