स्ल्याक एउटा म्यासेजिङ टूल हो । कार्यालयका सदस्यहरुसँग समन्वयमा रहेर काम गर्न एकदमै उपयुक्त र प्रभावकारी छ । अझ अहिले कोरोना भाइरसको विश्व महामारीको बेला घरबाटै कार्यालयको काम गर्नुपरिरहेको हुन्छ । यस्तो बेला स्ल्याकको प्रयोग निकै बढेको छ ।
कार्यालय प्रयोजनका हिसावले भाइबर , फेसबुक म्यासेञ्जर, व्हाट्सएप भन्दा स्ल्याक प्रयोग गर्न पनि निकै सहज हुन्छ । स्ल्याक मोबाईल र कम्प्युटर दुवैमा चलाउन मिल्छ । यो चलाउन सुरुमा आफ्नो वेब ब्राउजरमा गएर स्ल्याकको वेबसाईट खोल्नुहोस् ।
अब त्यहाँ साइन अप गर्नुहोस् । यहाँ रहेको प्राइसिङमा गएर हामीले आफ्नो व्यवसायका लागि उपयुक्त विकल्प छान्न पनि सक्छौँ । यदि तपाईंको कार्यालयमा टिम छ भने यसमा रहेको निःशूल्क रुपमा उपलब्ध विकल्प प्रयोग गर्न सक्नुहुन्छ ।
आफूलाई आवश्यक विकल्प छनौट गरिसकेपछि गेट स्टार्टेडमा थिच्नुहोस् । अब यहाँ आफ्नो ईमेल आईडी राख्नुहोस्।
अनि कन्फर्म गर्नुहोस् । त्यसपछि तपाईंको ईमेलमा एउटा ओटीपी कोड आउँछ । त्यो कोडलाई यहाँ राख्नुपर्ने हुन्छ । अब चाहिँ यहाँ आफ्नो कम्पनी को नाम लेखेर नेक्स्ट थिच्नुहोस् । त्यसपछि तपाईंको कम्पनीमा रहेका सदस्यहरुको नाम लेख्नुहोस् ।
भिडियो
कम्पनीभीत्र मार्केटिङ, प्राविधिक, मिडिया टिम र अन्य अरु टिम हरु पनि हुन सक्छन् । तपाईं कुन टिममा काम गर्दै हुनुहुन्छ, त्यो टिमको नाम लेखुहोस् र नेक्स्ट गर्नुहोस् ।
अब चही यहाँ आफ्नो टिमका अरु सदस्यको ईमेल राखेर उनिहरुलाई यो ग्रुपमा एड गर्नुहोस् र यहाँ तलको एड टिममेट्स बट्न थिच्नुहोस् र अगाडि बढ्नुहोस् ।
यति गरेपछि तपाईंको टिमको पहिलो ग्रुप बन्छ । अब यहाँ रहेको सी योर च्यानल इन स्ल्याक लेखिएको स्थानमा थिच्नुहोस् ।
अब तपाईंको स्ल्याक ग्रुप खुल्छ । यहाँ टिम थप सदस्यहरुलाई जोड्नुपरे एड गरेर डन थिच्नुहोस् । अनि ग्रिटिङ्ग्स लेख्नुहोस् ।
यति गरिसकेपछि यहाँ फिनिश सेटअप मा थिचेर आफ्नो नाम र पासवर्ड सेटअप पछि फिनिश गर्नुहोस् । यति गरेपछि तपाईंले अब यहाँबाट आफ्नो टिमसँग सहजै कुरा गर्न सक्नुहुन्छ । अनि निश्चित म्यासेज सेभ गर्न पनि सक्नुहुन्छ ।
स्ल्याक सेटअप पछि अब यसका फिचरको कुरा गरौं । यहाँ आफ्नो कम्पनीको नाममा थिच्दा सेट स्टाट्स देखिन्छ । यहाँ थिचेर मिटिङ मा वा बाटोमा छौँ कि, बिरामी छौँ कि अथवा घुम्न गएको छौँ कि घरबाटै काम गरिरहेका छौँ भनेर उल्लेख गर्न सक्छौँ ।
त्यो कुरा आफ्नो नामको छेउमा रहेको इमोजी हेरेर अरु ले थाहा पाउन सक्छन् । यसैगरी क्लियर स्टाटसमा गएर अघि राखेको पोस्ट हटाउन पनि मिल्छ ।
यसैगरी यहाँ रहेको तेस्रो अप्सनबाट आफ्नो प्रोफाइल खोलेर हेर्न सक्नुहुन्छ । अनि यहाँ इडिट प्रोफाइलमा गएर इडिट गर्न, फोटो, फोन नम्बर र अन्य थुप्रै कुरा अपलोड गर्न पनि मिल्छ ।
अब यहाँ चौथो अप्सनमा क्लिक गर्नुभयो भने अन्य थुप्रै अप्सन हरु देख्न सक्नुहुन्छ । यहाँ सुरुमा रहेको नोटिफिकेसनमा थिचेर इनेबल डेस्कटप नोटिफिकेसन गर्नुभयो भने तपाईंले स्ल्याक नखोलेको अवस्थामा डेस्कटपमै नोटिफिकेसन पाउनुहुनेछ ।
त्यसैगरी रातिको समयमा अथवा अरु कुनै निश्चित समयमा नोटिफिकेसन नआओस् भन्ने चाहनुहुन्छ भने यहाँ डु नट डिस्टर्बमा गएर मिलाउन सक्नुहुन्छ । त्यसैगरी नोटिफिकेसन आउँदा आउने रिङ्गटोन पनि यहाँबाट मिलाउन सक्नुहुन्छ ।
तपाईंले स्ल्याक अन गर्नुभएको छैन भने कति मिनेट पछि नोटिफिकेसन पठाउने भनेर पनि यहाँबाट मिलाउन सकिन्छ । त्यसैगरी यो ईमेलवाला बटनमा टिक लगाउनु भयो भने चाँहिँ कसैले तपाईंलाई मेन्सन गर्दा अथवा म्यासेज गरेको खण्डमा ईमेल आउने गर्छ ।
त्यसैगरी यो दोस्रो अप्सन बाट तपाईंले साईडबार पनि इडिट गरेर मिलाउन सक्नुहुन्छ । अनि यहाँ तेस्रो अप्सनबाट थिमहरु रोज्न र फेर्न सक्नु हुन्छ ।
अनि यहाँ म्यासेज एण्ड मिडियामा मेसेज र नाम कसरी डिस्प्ले गर्ने भनेर रोज्न सकिन्छ । यहाँ मेसेजसँग सम्बन्धित अन्य थुप्रै फिचरहरु राखिएको छ ।
अब यहाँ ल्यांग्वेज एन्ड रिजनबाट तपाईंले भाषा, टाईम जोन अनि किबोर्ड छान्न सक्नुहुन्छ । त्यसैगरी यहाँ एक्सेसिबिलिटीबाट एनिमेसन अनि किबोर्डहरु मिलाउन सकिन्छ ।
तपाईंले हेर्ने बित्तिक्कै स्ल्याकले तपाईंले त्यो मेसेज पढिसक्नु भयो भनेर मार्क गर्छ । यहाँ अमार्क अस रिडमा गएर तपाईंले त्यो पनि आफूले चाहे अनुसार मिलाउन सक्नु हुन्छ ।
र अन्त्यमा एड्भान्समा जानु भयो भने तपाईंले ईनपुट अप्सन, सर्च अप्सन र अन्य थुप्रै अप्सनहरु पाउनुहुनेछ । यहाँ एप्समा गएर तपाईंले अन्य अरु एपहरुलाई पनि स्ल्याकसँग लिङ्क गराउन सक्नुहुन्छ । आफूले चाहेको एपको तल एडमा थिचेर अनि यहाँ एड टु स्ल्याकमा थिचेर एड गर्न मिल्छ ।
त्यसैगरी यहाँ तपाईंको च्यानलहरु देख्न सक्नुहुन्छ । अनि फेरी अर्को च्यानल बनाउनु पर्यो भने यहाँ एड च्यानलमा थिच्नुपर्ने हुन्छ । अनी तपाईंले कसैलाई सिधै म्यासेज पठाउनु पर्यो भने यहाँ direct message मा जान सक्नुहुन्छ । र सम्बन्धित व्यक्तिको नाममा थिचेर पठाउन सक्नु हुन्छ ।
र, अर्को एउटा काम लाग्ने कुरा, यदि तपाईंलाई कुनै म्यासेज खोज्नु पर्यो भने त्यो पनि सजिलै फेला पार्न सक्नुहुन्छ । त्यसको लागि यहाँ माथिको सर्च बारमा जानुपर्ने हुन्छ ।
सँगसँगै आफूलाई आवश्यक म्यासेज सेभ गर्न पनि सकिन्छ । तपाईंलाई वेबबाट स्ल्याक चलाउन मन लागेन भने फोनमा पनि यो एप इन्स्टल गरेर चलाउन सक्नुहुन्छ ।