close

फेसबुकले फेरी सुरु गर्यो स्टडी एप, डेटा दिनुहोस पैसा लिनुहोस

टेकपाना टेकपाना

बैशाख ३, २०७७ ११:३८

फेसबुकले फेरी सुरु गर्यो स्टडी एप, डेटा दिनुहोस पैसा लिनुहोस

काठमाडौं । अब फेसबुकबाट प्रयोगकर्ताले पैसा कमाउन सक्ने भएका छन् । कम्पनीले प्रयोगकर्ताबाट डाटा खरिद गर्ने उद्देश्यका साथ ‘स्टडी फ्रम फेसबुक’ नामक एपलाई पूनः सञ्चालनमा ल्याएको हो ।

यसअघि पनि यो एप सञ्चालनमा ल्याएको भएतापनि बीचमा यो एप बन्द गरिएको थियो । हालभने कम्पनीले यसलाई थप व्यवस्थित र नियममा केही परिवर्तन गर्दै यसलाई ल्याएको जनाएको छ ।
विशेषगरी बजार अध्ययनको लागि फेसबकुले यो एप ल्याएको हो ।

प्रयोगकर्ताले कुन एप कति प्रयोग गर्छन्, एपको कुन फिचर बढी प्रयोग गर्छन्, फेसबुककै अन्य प्रतिस्पर्धी एपको कुन फिचरलाई प्रयोगकर्ताले मन पराएका छन् भनी अध्ययन गर्नेछ । यो एप एन्ड्रोइड भर्सनमामात्रै उपलब्ध छ ।

जब प्रयोगकर्ताले उक्त एप डाउनलोड गरि इन्स्टल गर्छन तब यसले फेसबुकलाई प्रयोगकर्तासँग कुन कुन अन्य एप छन्, कुन एप बढी प्रयोग गर्छन भएका एपमध्येबाट पनि कुन एपको कुन फिचरमा प्रयोगकर्ताले कति समय खर्च गरिरहेका विश्लेषण गर्नेछ । यसरी प्रयोगकर्ताबाट लिएको डेटाको आधारमा कम्पनीले प्रयोगकर्तालाई पैसा दिने उल्लेख गरिएको छ ।

तर, यसरी संकलन गरिएको डेटा तेस्रो पक्षलाई भने उपलब्ध नगराईने उल्लेख गरिएको छ । कम्पनीले प्रयोगकर्ताको गोपनीयता र डेटा सुरक्षालाई लिएर गम्भीर भएको भन्दै यस्ता डेटा सुरक्षित रहने उल्लेख गरेको छ । यतिसम्म की संकलित डेटा विज्ञापनका लागि पनि प्रयोग नहुने कम्पनीले जनाएको छ ।

उक्त एप प्रयोगगरेबापत प्रयोगकर्ताले कति पैसा कामाउँछन भन्ने कुरा भने कुनै उल्लेख गरिएको छैन । यसअघि भने उसले १३ वर्षदेखि ३५ वर्षबीचका प्रयोगकर्तालाई उनीहरुको अन्य एपको जानकारी संकलन गर्न दिए बापत मासिक २० डलर उपलब्ध गराउँदै आएको थियो ।

यस एपमा समावेश हुनका लागि प्रयोगकर्ताको उमेर १८ वर्ष माथि हुनुपर्नेछ भने कमाएको पैसा प्राप्त गर्न पेपल खाता हुनुपर्ने । यो एप नेपालमा भने उपलब्ध छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४